दूर चिकित्सा सेवा दुर्गम क्षेत्रमा प्रभावकारी


दूर चिकित्सा सेवा प्रभावकारी सञ्चालनका लागि थप चिकित्सक र आवश्यक सञ्चार उपकरणको व्यवस्था गर्न माग गरिएको छ ।

प्रदेश नं १ स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा मङ्गलबार यहाँ आयोजित दूर चिकित्सा सेवाको नीति बैठकमा सहभागीले चिकित्सकलाई थप प्रोत्साहन भत्ता, दूर चिकित्सा केन्द्रलगायत प्रदेशका जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रमा सूचना प्रविधि जनशक्ति भएमा मात्र सेवा प्रभावकारी बताउनुभयो ।

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले मौलिक हकका रूपमा रहेको स्वास्थ्य सेवा दुर्गम क्षेत्रका लक्षित वर्गलाई उपलब्ध गराउन दूर चिकित्सा प्रभावकारी हुने बताउनुभयो । उहाँले आगामी असार मसान्त अगाडि सेवा सञ्चालन गरी जिल्ला अस्पतालहरूलाई जोड्न आग्रह गर्दै सरकारी अस्पतालबीच आपसी सहकार्य गरी जनतालाई गुणस्तरीय उपचार सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्यमन्त्री जयराम यादवले सिंहदरबारको अधिकार घरघरमा भन्ने अनुभूति दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रवाह गरेमा अनुभूति हुने विचार व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य सेवालाई सवल बनाएमा सङ्घीयताको सफल कार्यान्वयन एवं स्थायित्व कायम हुने धारणा राख्नुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, स्वास्थ्य मन्त्रालयका सचिव अनुज भट्टचन, स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा मिङमार ग्याल्जेन शेर्पा र निर्देशनालयका प्रमुख ज्ञानेन्द्रबहादुर वस्नेतलगायतले दूर चिकित्सा सञ्चालनबाट प्रदेशको स्वास्थ्य क्षेत्रले गति लिने बताउनुभयो ।

कार्यक्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मेची अस्पताल, कोसी अस्पताल, प्रदेश प्रयोगशाला, विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक, सूचना प्रविधिविज्ञको सहभागिता थियोे । बैठकमा सङ्घीय सरकारबाट दूर चिकित्सा सेवा सञ्चालनका लागि हाललाई रु ५० लाख बजेट आएको जानकारी दिइएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope