राष्ट्रिय परिचयपत्रको काम अब वडाबाटै


बैतडीमा राष्ट्रिय परिचय पत्रको काम वडा तहबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण सङ्कलनको काम अब वडा तहबाटै गर्न लागिएको हो ।

दुई चरणमा सञ्चालन हुने उक्त कार्यक्रम पहिलो चरणमा यही चैत ६ गतेदेखि सुरु हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । दश स्थानीय तह रहेका जिल्लाका चार स्थानीय तहमा पहिलो चरणमा उक्त कार्यक्रम सञ्चालन हुनेछ । पहिलो चरणमा शिवनाथ, सिगास, डिलाशैनी र पञ्चेश्वर गाउँपालिकाका वडा–वडामा विवरण सङ्कलनको काम सञ्चालन हुने उहाँको भनाइ थियो ।

सूचना अधिकारी भारतीले भन्नुभयो,“एक पालिकामा कम्तीमा १५ दिनसम्म कार्यक्रम सञ्चालन हुन्छ, प्रत्येक वडामा कर्मचारी खटाएर विवरण सङ्कलन गर्छौ ।”

विवरण सङ्लनका लागि कर्मचारी वडा कार्यालयमै खटाइने र यसका लागि ३५ विवरण दर्ता अपरेटर परिचालन हुनेछन् । विवरण सङ्कलन गरिसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले परिचयपत्र जारी गर्ने र सो परिचयपत्र वडाबाटै वितरण हुने जनाइएको छ । पहिलो चरणमा चार स्थानीय तहको विवरण सङ्कलन भएपछि त्यसपछि जिल्लाका अन्य स्थानीय तहका वडामा पनि विवरण सङ्कलनको काम सञ्चालन हुनेछ ।

सोह्र बर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको विवरण सङ्कलन हुनेछ । राष्ट्रिय परिचय पत्र बहुउपयोगी भएकाले आफ्नो नाम दर्ता गराउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गर्नुभएको छ । विस २०७७ असोज पहिलो सातादेखि सुरु गरिएको उक्त विवरण सङ्कलनमा हालसम्म सात हजारभन्दा बढी सहभागी भइसकेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope