पुस्तकको प्रचारः कुन पुस्तकको हैसियत के ?

राम्रा सम्पादक र समालोचकलाई तलव नै दिएर राख्न नसक्नु, लेखकलाई सहि सुचना सम्प्रेषित गर्न नसक्नु, जस्तो कति प्रति छापिए, कति बिक्रि भए आदी, लेखक र प्रकाशककबीच इमान्दार सम्बन्ध हुन नसक्नु, सम्पादक र लेखक बिच ’फ्रेन्डली’ सहकार्य हुन नसक्नु लगायतका केहि समस्या केहि प्रकाशन गृहहरूसँग छन।


कुनै पुस्तक बजारमा आउने बित्तिकै दुई देखि ३ हप्ता भित्रमै त्यस पुस्तकले कायापलट गर्छ। हरेकका जिब्रोमा झुन्डिन्छ त्यो पुस्तकको नाम। मिडियाले त्यसरी नै कभरेज गर्छ। समीक्षा पनि ह्वारह्वारती आउँछ नाम चलेका अनलाईन तथा छापा मिडियामा। लेखक र पुस्तक अन्तर्वार्तामा देखिन्छन। पाठक अब त्यो पुस्तक किनेर पढ्ने सपना देख्न थाल्छ। र चाडैं दोस्रो संस्करण पनि आउँछ।

केहि पुस्तक बजारमा आएको महिनौ भैसक्दा पनि एउटा नाम चलेको पत्रिकामा समीक्षा लेखिंदैन। “सय कपि त मैले हरेक सञ्चार मिडियामा छोडिदिएको छु समीक्षाका लागि“ एउटा प्रकाशक भन्छ तर समीक्षा कहिल्यै आउँदैन। कि त्यो प्रकाशकले पुस्तक नै छोडेको छैन किनकि उ लेखकको आँखामा १०० प्रति घटाउन चाहान्छ कि कुनै सञ्चार मिडियाले त्यो प्रकाशकलाई पत्याउँदै पत्याउँदैन, कि मैले पहिल्यै एकचोटी प्रसंगबस भनेजस्तो ’हामीले पत्रकार, समीक्षकलाई राम्रो बिदेशी व्हिस्की खुवाउन सकेनौ’, कि प्रकाशकले गुणस्तरहीन पुस्तक बजारमा ल्यायो।

राम्रा पुस्तकको चर्चा राम्रो हुनु र बाहिर आउनु हामी सबैका लागि खुशीको खवर हो तर राम्रा पुस्तक गुमनाम भएर वा तिनीहरूको बिज्ञापन हुन नपाएर बाहिर नआउनु दुखको कुरा हो । जसले बिज्ञापन गर्नसक्छ र जसको पहुँच छ त्यस्ता पुस्तक मात्र बाहिर आउनुले नेपाली साहित्यको भलो गर्दैन।

लेखकसँग पैसा लिएर वा छपाउनका लागि मात्र छपाइएका पुस्तकहरू छन् भने प्रकाशकले त्यसरी बिज्ञापन गर्दै हिड्नु ’रिस्की’ पनि हुन्छ। र त्यो ’रिस्क’ प्रकाशक लिन चाहँदैन। ’मेक्स सेन्स’ !

नेपालमा पुस्तक बाहिर आएपछि त्यसको बिज्ञापन बडो अचम्मको हुन्छ। कुनै पुस्तकको बिज्ञापन लेखक स्वयंले नगरेपनि हुन्छ या पुग्छ। प्रकाशक आँफै यात्रामा निस्किन्छ, र साथमा हुन्छ लेखक, पुस्तकका समीक्षक र ठाउँ-ठाउँमा पुस्तक वार्ता, प्रदर्सनी र किनबेच, स्थानीय संचारमाध्यमको सहभागिता र समाचार प्रकाशन, र त्यसको सोसलमिडियामा छ्याप्छ्याप्ती उपस्थिति। यो किसिमको बिज्ञापन भनेको ’ट्र्याडिसनल’ प्रकाशन गृहहरूले गर्ने एककिसिमको अन्तराष्ट्रिय अभ्यास पनि हो। थाहा छैन नेपालमा कति प्रकाशन गृहहरूले यो किसिमको बिज्ञापन गर्ने ल्याकत राख्छन। यसरी बिज्ञापन गर्नुपछाडिका केहि बलिया आधार भने पक्कै हुनुपर्छ पनि, जस्तोकि त्यो पुस्तक पाठकीय छ, त्यसमा विषयबस्तु राम्रो छ, त्यसभित्रको कथा जिवन्त छ, लेखक आँफै पनि नाम चलेको छ आदि इत्यादि। यस्तो कुरा त अन्तराष्ट्रिय प्रकासन गृहहरूले पनि हेर्ने गर्छन जस्तो कि लेखकका पछिल्ला कृतिहरू कुन कुन थिए वा छन्, उसका ट्विटर फलोवर कति छन् आदि। लेखकसँग पैसा लिएर वा छपाउनका लागि मात्र छपाइएका पुस्तकहरू छन् भने प्रकाशकले त्यसरी बिज्ञापन गर्दै हिड्नु ’रिस्की’ पनि हुन्छ। र त्यो ’रिस्क’ प्रकाशक लिन चाहँदैन। ’मेक्स सेन्स’ ! तर पैसा नलिईकन विषयबस्तु मनपराएर र त्यो पुस्तकको बलिया आधारहरू देखेर कुनै प्रकाशकले कुनै पुस्तक छाप्छ तर त्यसको प्रचारप्रसार गर्न सक्दैन भने त्यस्तो प्रकाशकको भविस्य त्यति लामो नहुन पनि सक्छ।

राम्रा सम्पादक र समालोचकलाई तलव नै दिएर राख्न नसक्नु, लेखकलाई सहि सुचना सम्प्रेषित गर्न नसक्नु, जस्तो कति प्रति छापिए, कति बिक्रि भए आदी, लेखक र प्रकाशककबीच इमान्दार सम्बन्ध हुन नसक्नु, सम्पादक र लेखक बिच ’फ्रेन्डली’ सहकार्य हुन नसक्नु लगायतका केहि समस्या केहि प्रकाशन गृहहरूसँग छन।

राम्रा सम्पादक र समालोचकलाई तलव नै दिएर राख्न नसक्नु, लेखकलाई सहि सुचना सम्प्रेषित गर्न नसक्नु, जस्तो कति प्रति छापिए, कति बिक्रि भए आदी, लेखक र प्रकाशककबीच इमान्दार सम्बन्ध हुन नसक्नु, सम्पादक र लेखक बिच ’फ्रेन्डली’ सहकार्य हुन नसक्नु लगायतका केहि समस्या केहि प्रकाशन गृहहरूसँग छन। फेरी समस्या प्रकाशनगृहहरूसँग मात्र छैन। हामी लेखक, पत्रकार, समीक्षक, समालोचक सबैसँग छ। हामी लेखकलाई कसरि हुन्छ पुस्तक बजारमा आईहाले हुन्थ्यो, छापिहाल्न पाए हुन्थ्यो भन्ने हुटहुटि हुन्छ । “यहाँनेर अलिक मिलाउनुहोस भन्यो भने ‘हे जस्तो छ त्यस्तै छाप्दिनोस न’ भन्नुहुन्छ लेखक साथीहरू“ एक प्रकाशकले मलाई कुरा गर्ने सिलसिलामा भने। त्यही पनि प्रकासकले छापिदिन्छ, किन ? त्यो मलाई थाहा छैन। वास्तबमा भन्ने हो भने छापाबाट बाहिर आउनुअगाडि धेरैजनाको फिडब्याक लिएर एउटै ड्राफ्टमा धेरैचोटि काम गरिसकेको हुनुपर्ने हो र त्यति हुँदा हुँदै पनि कहिलेकाहीं त्रुटि हुन जान्छ। उदाहरणको लागि मेरै उपन्यास “मोचन” मा पनि केहि प्राबिधिक त्रुटिहरू देखिए । हामी पैसादिएर कुनै प्रकाशनगृहको लोगो राखेर प्रकासन गर्न चाहान्छौ र केहि प्रकाशक पनि पैसा पाएपछि आफ्नो ’इथिक्स’ बिर्सिन्छन । होला कसैलाई रहर पुस्तक छाप्ने, बजारमा बाहिर ल्याउने । तर प्रकाशक पूर्वाग्रही हुनुहुँदैन ।

अब कुरा गरौँ केहि पत्रकार महोदयहरूको। कुनै पुस्तकको बिमोचन भयो भने ह्वार्रै आउने, कुनै पुस्तकको बिमोचन भएको थाहै नहुने केहि साहित्यिक पत्रकारहरू पनि छन् । “खोइ बोलाएको त हो पत्रकारलाई किन आएनन कुन्नि“ एउटा पुस्तकको बिमोचनमा एक प्रकाशकले भने। मैले त्यो बिमोचनमा गएर पुस्तक किनेर ल्याएँ र पढे पनि। ’नट ब्याड’। राम्रै लाग्यो। अनि सम्झे केहि समय पहिले मलाई एक प्रकाशकले भनेको कुरा “बाहिरबाट आउँदा व्हिस्की लिएर आउनुहोस है सर, खुवाउनुपर्छ।“ प्रकाशकले पत्रकारलाई व्हिस्की सायदै खुवाए र पो पत्रकार आएनन। झट्ट नकारात्मक भयो मेरो मस्तिष्क । फेरी सोचें कि ति नाम चलेका सेलिब्रेटी लेखक थिएनन। कि लेखक सञ्चार जगतका ब्याक्तित्व पनि परेनन् जसलाई सञ्चारकर्मी सबैले चिनेको होस्। कि ति लेखकको कुनै सञ्चारकर्मीसँग चिनजान नै थिएन । अनि किन आउँछन त पत्रकार?

अब कुरा गरौँ केहि समीक्षक र समालोचकको । हाम्रामा खाल-खालका समीक्षक र समालोचक छन्। कसैलाई एतिहाँसिक बिषयबस्तुमात्र मन पर्छ। यदि कसैले त्यो बिषयमा पुस्तक लेखेको छ भने त्यसको कथा शैली, प्रस्तुति वा ’फ्लो’ जस्तोसुकै होस् ’वाउ’ भनेर समीक्षा ठोक्दिन्छन तर अरू बिषयसँग सम्बन्धित कथा जुन समालोचकलाई मन पर्दैन जतिसुकै राम्रो शैली र प्रस्तुतिहोस ’छ्या’ भनेर प्रचार गरिदिन्छन वा समीक्षा नै लेख्दैन । साहित्य लेखनका तत्व र गुणहरू त्यो कृतिमा कतिको पाइन्छ त्यो बिषयबस्तु केलाउनतिर उ लाग्दैन यदि समालोचकलाई मन पर्ने बिषयबस्तु नै छैन भने । केहि समीक्षक र समालोचकहरू भने कुनै एउटा लेखकलाई मात्र काखी च्यापेर हिडिरहन्छन । उसले जस्तो वा जे लेखोस ’तालि’ मात्र बजाईरहन्छन र एउटा ‘ग्रुपिज्म’ खडा गर्छन । यदि त्यसो नगरेर हरेक समालोचकको लक्ष्य एउटै हुन्थ्यो भने सबैलाई एकसुत्रमा बाँध्न सकिन्थ्यो र नेपाली साहित्यको आकासलाई फराकिलो बनाउन सकिन्थ्यो। पूर्वाग्रहरहित र इमान्दार समालोचनाको खाँचो जो छ।

अब लागौ बिज्ञापनतिर । आजभोलि जसले पनि आफ्नो कृतिको बिज्ञापन गर्छ । सोसलमिडियाले त झन् यति सजिलो बनाईदिएको छ कि थाहै नपाई लेखक भाईरल भैदिनपनि सक्छ । तर यस्तो सस्तो विज्ञापनले पाठक भने अलमलमा पर्छन। कुन राम्रो हो कुन होइन ? कुन पढ्ने ? कुन नपढ्ने ? हरेक लेखकलाई आफ्नो कृति राम्रो लाग्छ, प्यारो लाग्छ, चर्चा परिचर्चा भईदिए हुन्थ्यो भन्ने लाग्छ। मेरै कुरा लिउँ न । बिज्ञापन कै कुरा गर्ने हो भने मैले के चै बाँकी राखिन मेरो पुस्तक “मोचन“ को बिज्ञापन गर्न–– लेख लेख्ने देखि लिएर, सोसल मिडियामा पोस्ट गर्ने देखि लिएर, अन्तर्वार्तामा भाग लिने देखि लिएर, चिनेका साथीलाई पढेर प्रतिक्रिया लेख है साथि हो भन्ने देखि लिएर, केहि समालोचक र लेखक मित्रहरूलाई हातहातमा पुस्तक समेत थमाए । त्यो त मेरो तर्फबाट गर्ने काम गरेँ। नेपाली भाषामा आएको पहिलो पुस्तकको खुशीको रनामा गरेँ। गर्नुपर्छ भनेर गरेँ । नार्सिस भएरै गरेँ ।

मोफसलमा रहेर राम्रो कलम चलाउने एक लेखिका भन्छिन, “सर हामीलाई काठमान्डूका प्रकासनगृहले भाउ नै दिदैनन, एक त हामी काठमान्डू केन्द्रित छैनौ, अर्को म महिला जो परें।”

म भन्दा बढी पहुँच हुने साथीहरूले त् झन् अझ नाम चलेका छापा र अनलाइनमा समीक्षा प्रकाशन गर्न र समालोचक बाटै पनि लेखाउन र छपाउन सक्लान। तर म जतिको पनि बिज्ञापन गर्न नसक्ने राम्रा लेखकहरू जो सेलिब्रेटीहरू पनि होईनन त्यस्ता लेखकलाई खोज्ने , बाहिर ल्याउने काम गर्ने कसले ? मोफसलमा रहेर राम्रो कलम चलाउने एक लेखिका भन्छिन, “सर हामीलाई काठमान्डूका प्रकासनगृहले भाउ नै दिदैनन, एक त हामी काठमान्डू केन्द्रित छैनौ, अर्को म महिला जो परें।”

नाम चलेका लेखक पनि भए र राम्रो पनि लेखे भने बिज्ञापन भएको पनि राम्रै हो। जस्तो नारायण वाग्लेको ’पल्पसा क्याफे’ बाहिर आउने बित्तिकै सक्दो प्रचार भएकै हो । त्यतिबेला कान्तिपुर कै सम्पादक उनि, उनलाई सबै कुराले साथ् दियो–– बिज्ञापन, लेखकीय पहुँच, विषयबस्तुको उठान, तत्कालिन समय आदि इत्यादि । पछि मदन पुरुस्कार नै पायो । यसमा कति गुणात्मकता थियो या थिएन म त्यतातिर जान्न । मेरो मतलब यो होकी लेखकहरूले जति प्रचार पाईरहेका छन् प्रकासक, मिडिया, समीक्षक र समालोचकबाट त्यो ’डिजर्ब’ गर्ने गुणात्मकता ति पुस्तकमा छ कि छैन त्यसकोपनि मापन भयो भने सहि पुस्तक पुरस्कृत हुन पाउँछ र पाठकले पाउनुपर्ने खुराक पाउँछ र त्यस्ता पुस्तकले अन्तराष्ट्रिय बजार पनि पाउन सक्छ ।

कहिलेकाहीं लाग्छ कतै मैले मेरै पुस्तकको बिज्ञापन एकहोरो गरिरहँदा मेरो भन्दा पनि कयौं गुणा उत्कृष्ट पुस्तकहरू त ओझेलमा परिरहेका छैनन्। समालोचक साथीहरूले इमान्दार भएर कुन पुस्तकको हसियत के भन्ने बेला आएको छ ? पूर्वाग्रहरहित र इमान्दार भएर एउटा मापदण्डमा रहेर, जस्तो भाषा, शैली र बिषयबस्तु, प्रस्तुति र अन्यको समिक्षात्मक टिप्पणी गर्ने बेला आएको छ। अर्थात, अन्तराष्ट्रिय साहित्यको सन्दर्भमा, के हुनसक्छ त्यो मापदण्ड त्यो पनि बहसको बिषय हुन आवस्यक छ ।

लेखकः तुलसी आचार्य (आचार्यको उपन्यास “मोचन” प्रकाशित छ। )


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope