इस्लाम धर्मावलम्बीको रमजान आज देखि सुरु


इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि सुरु भएको छ ।

राष्ट्रिय मदरसा सङ्घ नेपालले प्रेस विज्ञप्ति जारी गरी आजदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ ।

पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन रहिआएको राष्ट्रिय मदरसा सङ्घ नेपालका महासचिव मौलाना मशहुद खाँ नेपालीले जानकारी दिनुभयो । रमजानमा गरिब परिवारमा दान दक्षिणा सदका जकातसमेत दिइने चलन छ ।

जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरको रमजान महिनामा रोजा बस्ने समयसरणीअनुसार यसपालि लगभग १४ घण्टा निराजल व्रत राख्नुपर्छ । छिमेकी मित्र राष्ट्र भारतका विभिन्न सहरमा रमजान महिनाको चन्द्रदोदय देखिएका कारणले नेपालमा पनि चैत १९ गते तराबिह नमाज पढ्ने र चैत २० गतेदेखि व्रत बस्ने जानकारी राष्ट्रिय मदरसा सङ्घ नेपालले दिएको छ ।

राष्ट्रिय मदरसा सङ्घ नेपालका अध्यक्ष डा अब्दुल गनी अलकुफी अनुसार नेपालमा कोभिड–१९ महामारी न्यून रहेका कारणले धार्मिक स्थल खुल्ला रहेको छ । यो पवित्र महिना रमजानको इबादत प्रार्थना गर्न मस्जिदमा पुगी इबादतका लागि अनुरोध गर्नुभएको छ । पवित्र रमजान महिनामा इबादत गर्नाका साथसाथै आफूले वर्षभरि कमाएको हलाल रुपैयाँमा २.५ पतिशत जकात (दान) दिई गरिब परिवारलाई सहयोग गर्ने सङ्घका महासचिव खाँ नेपालीले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope