देशको अर्थतन्त्रको अचुक औषद्यी स्वदेशी बस्तुको प्रयोग

अहिलेको अवस्थामा स्वदेशी बस्तुको प्रयोग हाम्रो देशको अर्थतन्त्रको अचुक औषद्यी हो ।


२०७८ साल चैत्र २१ गते दिंउसो नेपाल राष्ट्र बैंकबाट बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर बिभिन्न बिलासी बस्तुहरुको आयतको लागि बैंकको कर्जा रोक्न तथा प्रतितपत्र जारी नगर्नको लागि मौखिक निर्देशन गरेपछि दिंउसो देखि नै आर्थिक क्षेत्रमा एउटा गम्भिर छलफलको बिषय बनेको छ । सुन, चाँदी, गाडी, गाडीका पाटपूर्जा लगायत धेरै रकम खर्च हुने र विलासिताका सामानको आयातमा कडाइ गरी बिदेशी मुद्रा सञ्चिती बढाएर अर्थतन्त्रको लागि अति आवश्यकिय बस्तुहरु पेट्रोलियम पदार्थ, खाद्यान्न, लत्ताकपडा, गाडी, औद्योगिक कच्चा पदार्थ आयातको लागि भविष्यमा बैदेशिक मुद्राको अभाव नहोस् भन्ने हेतुले यो निर्देशन दिएको हो ।

मुद्रास्फितिको बढ्दो दर, कर्जा बृद्धिदर अनुसार निक्षेप नहुनु, कर्जा÷निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि पुगेर लगानीयोग्य रकमको अभाव हुनुु, व्यापार घाटा उक्लिनाले अर्थतन्त्रमा ठुलो दबाब पर्दै आएकोले नेपाल राष्ट्र बैंकले केही समयदेखि नै आयातमा कडाइ गर्दै आइरहेको थियो ।

२०७८ पुस ५ गते नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै विभिन्न १८ वटा वस्तुको आयातमा प्रतितपत्र जारी गर्दा शत प्रतिशत नगद मार्जिन र २ वटा वस्तु आयातमा एलसी खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरी कडाई गर्दा पनि गाडी तथा अन्य बस्तुहरुको आयात नघटेको र बैदेशिक मुद्रा सञ्चितीमा अझै समस्या देखिएकोले यो कदम चालेको देखिन्छ ।

बैंकहरुसँग लगानी योग्य रकमको अभाव, आयात अत्यधिक बढेको अवस्था, रेमिटेन्स र पर्यटनको आय नबढ्दा चालु खाता घाटा बढ्नु कारणले विदेशी मुद्राको सञ्चिती घटेर करिब सात महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने मात्र स्थिति रहेकोले अब स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अपनाएर अर्थतन्त्रलाई सवल बनाउनुपर्छ । स्वदेशी उत्पादकहरुलाई हौसला, पुरस्कार दिने, स्वदेशी बस्तु उपभोग गर्न सचेतना कार्यक्रमहरु गर्न अब ढिलाई गर्नुहुंदैन ।

अनुसन्धानकर्ता केन्ट, ग्रान्जिन र जोनको अनुसन्धानमा अमेरिका, क्यानाडा, पोर्चुगल, फ्रान्स र मेक्सिकोमा आयातले अर्थतन्त्रलाई नकरात्मक असर पारेर धेरै मानिसहरुको जागिर गुमेको र जसको कारण उनिहरु घरबार बिहिन हुनुपरेकों पाएका थिए ।

यस अनुसन्धानको निष्कर्षलाई आधार मान्ने हो भने स्थानिय उत्पादनको प्रयोगले आयात घटाउन मद्धत गर्दछ र जसको फलस्वरुप मानिसहरुले जागिर अनि घरबार गुमाउनु पर्दैन । स्थानिय बस्तु तथा सेवाहरुको प्रयोगले अझै थप रोजगारी सृजना गरेर देशको अर्थतन्त्रलाई सकरात्मक प्रभाव पार्छ ।

आयात नगरी नहुने र ठुलो बिदेशी मुद्रा खर्च हुने पेट्रोलियम पदार्थ, ग्यांस पनि सकभर कसरी कम खर्च गर्न सकिन्छ भनेर योजना बनाई कार्यान्वयन गर्न ढिलाई गर्नुहुंदैन । बिद्युतिय सवारी साधनको अधिकतम उपयोग गराउनको लागि पूर्वाधार विकास तथा कृषि र पर्यटनको विकासको लागि जोडबलले लाग्नुपर्ने आजको आवश्यक्ता हो ।

स्थानिय बस्तु तथा सेवाको उपभोग बढाउनको लागि बमोजिम नीतिहरु लिन सकिन्छः

१. उत्प्रेरणात्मक नारा – स्थानिय बस्तु तथा सेवाको उपभोगले मानिसहरुको जागिर एवं घरबार बचाउन सकिन्छ, यहि देशमा रोजगारी सृजना गरेर हाम्रा दाजुभाई दिदि बहिनीहरुलाई बाध्य भएर बिदेशिनु पर्दैन भन्ने उत्प्रेरणात्क सन्देश सहितको नारा सृजना गरेर उपभोग बढाउन सकिन्छ ।

२. सहुलियत तथा अनुदान – स्थानिय बस्तु तथा सेवाको प्रयोग बढाई स्थानिय श्रोतबाट नै उत्पादन बढाउनको लागि बिभिन्न खालका सहुलिय तथा अनुदानहरु एवं पुरस्कार, सम्मानका कार्यक्रमहरु सञ्चालन गर्ने एवं मार्गदर्शन बनाउने ।

३. कर र कोटा– देशको आर्थिक अवस्थामा प्रतिकूल पर्ने बिभिन्न बस्तुहरुको आयातमा कर बृद्दि तथा कोटा निर्धारण गर्ने ।

४. मुद्राको अवमूल्यन –मुद्राको अवमूल्यन गरेमा आयत गरिने बस्तुको मूल्यबृद्धि भएर आयातमा कमि आई ब्यापार घाटामा पनि कमि आंउछ भने देशको स्थानिय उत्पादनको मूल्य बिदेशी मुद्रामा सस्तो हुन गई निर्यातमा सहयोग पुग्नसक्छ तर, यसले मुद्रास्तिथी निम्त्याउने जस्ता अन्य बिभिन्न समस्याहरु पनि निम्त्याउन सक्छ ।

बिभिन्न देशहरुले अर्थतन्त्रमा समस्या आंउदा देशका जनताहरुलाई कम खर्च गरेर बचत गर्न अनुरोध गरिरहेका हुन्छ्न । अहिलेको परिस्थितीमा नेपालले पनि बिदेशी मुद्रा खर्च हुने बस्तुहरुको सकभर कम खपत गर्नको लागि सरकारी स्तरबाट नै आब्हन गरेर बचत गर्न प्रोत्साहित गर्नुपर्छ ।

आयात नगरी नहुने र ठुलो बिदेशी मुद्रा खर्च हुने पेट्रोलियम पदार्थ, ग्यांस पनि सकभर कसरी कम खर्च गर्न सकिन्छ भनेर योजना बनाई कार्यान्वयन गर्न ढिलाई गर्नुहुंदैन । बिद्युतिय सवारी साधनको अधिकतम उपयोग गराउनको लागि पूर्वाधार विकास तथा कृषि र पर्यटनको विकासको लागि जोडबलले लाग्नुपर्ने आजको आवश्यक्ता हो ।

नेपालीहरु अझै पनि लोडसेडिङ्ग हुंदैन भनेर बिश्वस्त हुन नसकेको कारणले घरमा खाना पकाउनको लागि बिद्युतिय चुल्हो राख्न ढुक्क हुन सकिरहेका छैनन् । यदि नेपाल बिद्युत प्राधिकरणले लोडसेडिङ्ग हुंदैन, ढुक्क भएर बिद्युतिय चुल्हो प्रयोग गर्न बिश्वस्त दिलाउन सक्यो भने पनि ग्यांस आयातको बिदेशी मुद्रा खर्च बचाउन सकिन्छ । बिद्युतिय सवारी साधनको लागि ठांउ ठांउमा चार्जिङ्ग स्टेशन तथा अन्य पूर्वाधारहरु बनाउन सकिए पनि यसबाट ठुलो मात्रामा पेट्रोलिय पदार्थ आयातको बिदेशी मुद्रा खर्च बचाउन सकिन्छ ।

भनिन्छ, मानिस जन्मेपछि २ वटा कुरा गर्नैपर्छः १. मर्नुपर्छ र २. कर तिर्नुपर्छ । यहां कर भन्ने शब्दले राज्यलाई तिर्ने रकमको साथसाथै राज्यप्रतिको उत्तरदायित्वलाई समेत बुझ्नुपर्छ । हामिले खरिद गर्ने कुनै पनि बिदेशी बस्तु तथा सेवाहरुको मूल्यको ठुलो हिस्साको रुपमा रकम बिदेशिन्छ भन्ने कुरा बिचार गर्नुपर्छ । कुनै बस्तुको रकम सानो होला, तर प्रत्येक नेपालीले सानो रकम सम्झेर १०० रुपैंया मात्रै बिदेशी सामान किन्यो भने करिब ३ करोड नेपालीले ३०० करोड रुपैंया खर्च गर्छन् भन्ने कुरा हेक्का राख्नुपर्छ । अब नेपाली उत्पादनलाई मांया गर्ने उचित समय आएको छ । कसैको मुख नताकिकन, आफूबाट नै शुरु गरौ, त्यसपछि परिवारलाई गर्न लगाऔं, त्यसपछि टोलबासीलाई, त्यसपछि अनि देशब्यापि रुपमा । मन त नेपाली नै हो भने झै नेपाली उत्पादनहरुलाई नै उपभोग गर्ने संस्कारको बिकाश गर्न सके संकट उन्मुख भईरहेको देशले पार पाउन सक्छ भविष्यमा एक आत्मनिर्भर देश बनि आर्थिक बिकाशमा पनि फड्को मार्न सक्छ । अहिलेको अवस्थामा स्वदेशी बस्तुको प्रयोग हाम्रो देशको अर्थतन्त्रको अचुक औषद्यी हो ।

Writer’s bio: Dr. Buddhi Malla is a banker. He has more than 21 years of experience in banking sector. He currently is an Assistant General manager in NMB Bank. He runs a blog: Buddhi Malla’s Blog


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope