स्वास्थ्यकर्मीको सम्मानार्थ डा भुसाल सगरमाथा चढ्ने

काठमाडौँ, २४ चैत (रासस) :
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने हुनुभएको छ ।
आगामी मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लाग्नुभएकी डा भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ ।
सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गर्नुभएकी डा भुसाल गत वर्ष सगरमाथाको आधार शिविरसम्म पुगिसक्नुभएको छ । डा भुसालले आफू सम्पूर्ण महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेको जानकारी दिनुभयो ।
मेडिकल डाइरेक्टर डा विनोद विजुक्छे र प्रमुख कार्यकारी अधिकृत अमृत खन्नाले अस्पतालका तर्फबाट शुभकामना दिनुभयो । कोरोना महामारीबाट ज्यान गुमाएका स्वास्थ्यकर्मीको सम्मान र जलवायु परिवर्तनका कारण स्वास्थ्यमा आउने नकारात्मक परिवर्तनसम्बन्धी सचेतना फैलाउने मुख्य उद्देश्यसहित डा भुसाल सगरमाथा आरोहणमा जान लाग्नुभएको हो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस