आँपमा मधुवाले सताएकाले किसान हैरान

– गोपालप्रसाद बराल
महोत्तरी, २७ चैत ९रासस०ः पात र हाँगासमेत नदेखिने गरी आँपका रुखमा मज्जर ९मञ्जरी, पूmल० ले ढाक्दा दङ्ग परेका किसान अब दिक्क हुन थालेका छन् ।
यसपाली आँपमा राम्रो मज्जर खेल्दा मनग्गे आम्दानी लिने आसले फुरुङ्ग पर्नुभएका भङ्गाहा नगरपालिका–४ रामनगरका किसान गङ्गाराम महतोको खुसी मधुवा ९आँपको मज्जरमा लाग्ने रोग० का कारण धेरै दिन टिकेन । आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी लागेको पहेंलपुर मज्जर मधुवाले डढाएर सखाप पारेकाले उहाँको खुसी हराएको हो । महतोजस्तै सोही बस्तीका बासु बराल, गुणराज दाहाल, सतिश पाण्डे, अरुण गिरी, हरिदेव साह, सत्यनारायण यादव र भजन महतो पनि आँपको मज्जरमा मधुवाले भुसुक्कै पारेकाले पिरोलिनुभएको छ ।
“फूल फुलेको देख्दा यसपालि राम्रै आम्दानी लिने सपना बुनेका थियौँ”, फलफूल किसान हरिदेव साहले भन्नुभयो, “राम्ररी टिकोला ९चिचिला० नै लाग्न नपाई मज्जरनै डढ्यो ।”मधुवाको प्रकोपले व्यावसायिकरुपमै फलपूmलखेती गर्ने यहाँका किसान निरास भएका छन् । फलपूmल खेतीलाई नै गुजाराको मुख्य पेसा बनाएका किसानमा रोगको प्रकोपले चिन्ता बढाएको हो । “खै केही वर्ष पहिले त फलपूmलखेती हेर्ने जेटिए बाबु ९कृषि सहायक, कृषि प्राविधिक० आएर यस्तो गर्नोस् भनेर परामर्श दिन्थे”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका फलपूmल किसान विनोद महतोले भन्नुभयो, “अचेल त केही वर्षयता कोही पनि सोधखोज गर्न आउँदैनन्, आपूmले जानेको गरियो, केही लागेन ।”
समयसमयमा कृषि परामर्श नपाउँदा पनि आपूmहरु पछि परेको फलपूmल किसानको गुनासो थियो । जिल्लाको बर्दिबास, गौशाला, भङ्गाहा र जलेश्वर नगरपालिका क्षेत्र एवं पिपरा गाउँपालिका क्षेत्रमा व्यावसायिकरुपमै आँप बगैँचा लगाइएको छ । सबैजसो क्षेत्रमा मधुवाले मज्जर डढाएर कालो बनाएपछि लागेका केही टिकोला पनि चाउरिएर नबढेको पीडित किसानले बताए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस