बौद्ध जोरपाटी क्षेत्रमा मनाइयो चामुण्डा रथयात्रा


चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।

चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँका दिन गोकर्णेश्वरको जोरपाटी र काठमाडौँ महानगरपालिका–६ बौद्ध क्षेत्रमा रक्तविनायक, महाँकाल भैरव र चामुण्डा देवीको रथयात्रा गर्ने परम्परा छ ।

देवीको रथयात्रा गरेमा यस क्षेत्रमा सुख, शान्ति कायम हुने, देवीले रक्षा गर्ने विश्वास रहेको कोषका सदस्य विमलमान श्रेष्ठले बताउनुभयो । वर्षका चार नवरात्रमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षको नवरात्रमा चामुण्डालगायत देशभरका देवी मन्दिरमा पूजापाठ र दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।

यस वर्ष पशुपति क्षेत्रस्थित गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, कालिकास्थान, बिजेश्वरी, शोभा भगवती, रक्तकाली, श्वेतकाली, इन्द्रायणीलगायत देवी मन्दिरमा भक्तजनले दर्शन गरेका छन् । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा चामुण्डा देवीको मन्दिर रहेको छ । मन्दिरमा प्रत्येक दिन स्थानीयवासी भक्तजनको भीड लाग्ने गर्छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope