बाँकेमा धार्मिक महोत्सव सुरु


असहाय तथा ज्येष्ठ नागरिकलाई आश्रयस्थल निर्माण गर्न नेपालगञ्जमा निलसागर बाँके धार्मिक महोत्सव सुरुआत गरिएको छ । संस्थाको निर्मार्णाधीन भवनलाई पूरा गर्न बजेट अभाव भएकाले धार्मिक महोत्सव गरिएको आयोजकले जनाएका छन ।

निल सागर सेवा आश्रमका उपाध्यक्ष अमन सुवेदीले आश्रममा असहायको सङ्ख्या बढ्दै जाने र आर्थिक स्रोत नहुँदा धान्न नसक्ने अवस्था आएपछि आश्रमले महायज्ञ गरेर आर्थिक स्रोत जुटाउन महोत्सव गर्न लागेको बताउनुभयो । उपाध्यक्ष सुवेदीले पवित्र कार्यको महायज्ञ लगाएकाले त्यसले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो । महायज्ञ दैनिक बिहान ६ देखि १० बजेसम्म, बेलुका ६ देखि राति १२ बजेसम्म सञ्चालन हुनेछ । नेपालगञ्जमा गर्मी हुने भएकाले दिउँसो महायज्ञका कार्यक्रम नराखेको आयोजकले जानकारी दिएका छन् । उहाँले धार्मिक कार्यमा सहभागी भएर लाभ उठाउन र असहाय तथा ज्येष्ठ नागरिकलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।

आश्रमले महायज्ञको प्रचारका क्रममा जङ्गलमा एक मनोसामाजिक समस्या भएका करिब ४० वर्षीय व्यक्तिलाई भेटेपछि उद्धार गरेर आश्रम ल्याएको छ । महायज्ञको पहिलो दिन नरैनापुर गाउँपालिकाले रु पाँच लाख सहयोगको घोषणा गरेको छ । वैशाख ४ गतेसम्म सञ्चालन हुने सो महोत्सवमा पण्डित नाराण न्यौपानेसहित तीन जनाले प्रवचन दिनुहुनेछ ।

महोत्सवमा नगदभन्दा पनि भौतिक सामग्रीलाई जोड दिइएको उपाध्यक्ष सुवेदीले जानकारी दिनुभयो । बाँकेस्थित आश्रममा कूल १७२ जना भएकोमा अभिभावकविहीन बालबालिका ४५ र अन्य छ जना रहेका छन् ।

यस आश्रमको दाङ, पाल्पा, बर्दियाको गुलेरियामा शाखा छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope