राप्ती सोनारीमा आगलागीबाट ११ घर नष्ट


बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँमा आज आगलागी हुँदा ११ घर जलेर नष्ट भएको छ । स्थानीयवासी सिताराम जैसीको घरबाट एक्कासी आगलागी सुरु भएपछि अन्य घरमा सल्किएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार, विद्युत् चुहिएर अचानक आगलागी भएको पाइएको छ ।

नेपालगञ्जबाट गएको दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा गरिएको थियो । आगलागीबाट स्थानीय सीताराम जैसी, निमबहादुर विक, केशव खत्री, देवबहादुर खत्री, गीता कुसारी, दत्तबहादुर खत्री, नैनसिंह खत्री, हरिप्रसाद जैसी, भीमबहादुर खत्री, नरबहादुर वली र कणबहादुर खत्रीको घर जलेर नष्ट भएको छ ।

आगलागीबाट करिब रु एक करोडको क्षति भएको प्रारम्भिक आँकलन गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी बताउनुभयो । गाउँपालिकाको दमकल नभएका कारण नेपालगञ्जबाट घटनास्थल पुग्दा आगो बस्तीभर फैलिएको स्थानीय ज्ञानु वलीले बताउनुभयो । आगलागी पीडितलाई तत्काल राहतको लागि त्रिपाल र खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope