सुरक्षा समितिद्वारा मतदानस्थलको अनुगमन


जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदानस्थलको अनुगमन गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्धारण गरिएका मतदानस्थल तथा केन्द्रको अनुगमन गरिएको जनाइएको छ । जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख प्रजिअ किरण थापाले कैलालीको हाइवे क्षेत्र, मोहन्याल, चुरेलगायतका निर्वाचन क्षेत्रको अनुगमन निरीक्षण गरिसकिएको जानकारी दिनुभयो ।

मतदानस्थलमा सुरक्षा संवेदनशीलता, निर्वाचनको समयमा अपनाउनुपर्ने सुरक्षा नीति, मतदाता, उम्मेदवार र मतपेटिकाको सुरक्षाका सम्बन्धमा स्थलगत अध्ययन भइरहको उहाँको भनाइ छ ।

जिल्ला सुरक्षा समितिले मतदानस्थल पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिइएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख निर्वाचन अधिकारी प्रेमराज भट्टले बताउनुभयो । प्रायः एउटा मतदानस्थलमा दुईवटा मतदान केन्द्र राखिएको उहाँले जानकारी दिनुभयो ।

सुरक्षा समितिले अनुमगन गरिएको क्षेत्रमध्ये चुरे क्षेत्रको मतगणनाका लागि गाउँपालिकाको कार्यालयलाई तोकिएको छ । सुरक्षा अवस्था र फराकिलो ठाउँ भएकाले गाउँपालिकाको कार्यालय भवनमा मतगणना गरिने व्यवस्था मिलाइएको निर्वाचन अधिकारी भट्टले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार जिल्लामा पाँच लाख २५ हजार १२५ मतदाता सङ्ख्या रहेको कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमा अतिसंवेदनशीलमा ५२, संवेदनशील ५३ र १३१ सामान्य मतदानस्थलमा वर्गीकरण गरिएको जनाइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope