छ घर गोठमा आगलागी हुँदा ३० लाखको क्षति


कपिलवस्तुमा आज भएको आगलागीबाट छ घर गोठ जलेर नष्ट भएको छ । जिल्लाको शिवराज नगरपालिका–११ भदौखरमा लागेको आगोले करिब रु ३० लाखको क्षति भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

स्थानीय मोतीराम अहिरको घरबाट सुरु भएको आगोले सीताराम यादव, रामचन्द्र यादव, अधारे यादव र भिख्की यादवको घर गोठ जलेर नष्ट भएको वडाध्यक्ष रामेश्वर वर्माले बताउनुभयो ।

आगोले अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामग्रीहरू पूर्णरूपमा जलेका छन् । दिउँसो ३ बजेदेखि लागेको आगो डेढ घण्टामा स्थानीय प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो । तराइका जिल्लामा गर्मी मौसममा हावाहुरी लाग्ने भएकाले फुसको छानो भएका घर उच्च जोखिममा रहेका छन् ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope