तरकारी उत्पादनमा कमी


कञ्चनपुरमा पछिल्लो समय स्थानीय उत्पादन कम हुँदा बजारमा तरकारी उपलब्धतामा कमी आउनुका साथै मूल्य आकासिएको छ ।मौसममा आएको फेरबदलका कारण नगदेबालीका रुपमा लगाइने तरकारीमा समस्या आएपछि उत्पादनमा समेत कमी आएको हो । कञ्चनपुर मण्डी व्यवसायी सङ्घका पूर्वअध्यक्ष तर्कराज भट्टले स्थानीय तरकारी फर्सी, लौकी, भन्टा मण्डीमा आए पनि अन्य तरकारी भने भारतीय बजारबाट आयात भइरहेको बताउनुभयो ।

उहाँले भारतबाट टमाटर आउँदै सिमलामिर्च, प्याज, आलु, बोडी, भिन्डी, काजरलगायतको तरकारी नियमित आयात भइरहेको बताउनुभयो । “फागुनसम्म चिसो र एक्कासि गर्मी बढेपछि किसानले लगाएको टमाटर खेतीमा क्षति धेरै भयो ।” उहाँले भन्नुभयो, “विगतको भन्दा यस वर्ष स्थानीय उत्पादन बजारसम्म कमै आयो ।”

त्यसैगरी गड्डाचौकी हँुदै आयात गरिने तरकारी कैलालीको अत्तरीयास्थित मण्डीमा रहेको प्रयोगशालामा स्याम्पल जाँच हुने गरेको भट्टको भनाइ छ । “गड्डाचौकी भन्सार पुगेको तरकारी स्याम्पल जाँचपछि मात्रै भित्र्याइन्छ ।” उहाँले भन्नुभयो, “अहिले क्यारेन्टाइन हुँदा उपभोक्ताले गुणस्तरीय तरकारी उपभोग गर्न पाएका छन् ।”

यता भीमदत्त नगरपालिका–१९ बागफाटामा अढाइ बिघा खेतमा तरकारी खेती गर्दै आएको ख्यालीराम बर्माले यस वर्ष करिब १५ कट्ठामा लगाएको टमाटर पूर्णरुपले क्षति भएको बताउनुभयो । “कात्तिकमा टमाटर खेती गरेँ तर बर्सात र अत्यधिक चिसोका कारण सबै बोटहरु काम नलाग्ने भए ।” उहाँले भन्नुभयो, “अहिले लगाएको तरकारी दुई हप्तापछि बजारमा आउँछ ।” विगत १३ बर्षदेखि यहाँ तरकारी खेती गर्दै आएका बर्माले टमाटर र कागतीको मूल्य धेरै आकासिएको बताउनुभयो ।

मण्डीमा अहिले लौकी, फर्सीको मूल्य घटे पनि अरु तरकारीको भने महँगो नै रहेको व्यापारीको भनाइ छ । महेन्द्रनगरस्थित मण्डीका तरकारी व्यापारी अनिलप्रसाद चौधरीले कागतीको मूल्य बढेको बताउनुभयो । “पहिले कागती पिसको रु पाँचदेखि बढीमा १० सम्म बिक्री ग¥यौँ ।” उहाँले भन्नुभयो, “प्रतिकिलो रु ५०० पुगेपछि पिसकै रु २० सम्म बिक्री गर्नुपर्ने बाध्यता आयो ।” उहाँले बजारमा स्थानीय उत्पादन कम आइरहेको भए पनि तरकारीको अभाव भने नरहेको बताउनुभयो ।

यसैगरी कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि प्राविधिक सहायक जनक सिंहले नयाँ तरकारी बजारमा आउन बाँकी र पुरानो उत्पादन सकिने बेला भएकाले बजारमा तरकारीमा कमी देखिएको बताउनुभयो । “लहरे तरकारी उत्पादन भइसकेको अवस्था छैन ।” उहाँले भन्नुभयो, “हरियो तरकारी त यो बेलामा पाउन समस्या नै भएको छ ।”

उहाँले केही दिनभित्रै तरकारी उपलब्धतामा सहजता आउने बताउँदै जिल्लाका ग्रामीण भेगसम्म व्यावसायिकरुपमा तरकारी खेती गर्नेको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope