हात नभएको लिङ्गो

भक्तपुरको प्रसिद्घ बिस्का जात्राको अन्तिम दिन आज सोमबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो आज विधिपूर्वक पूजा गरी ढालिएको हो ।
ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोकोे टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ । यो लिङ्गोमा काठको नाकसमेत राखिएको हुन्छ । लिङ्गोमा बाँधिएको चार वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गरिन्छ । यो जात्रा सम्पन्न भइसकेपछि गःहिटिमा राखिएको भैरवनाथको रथलाई साँझ तान्न मिल्ने अवस्थामा राखिन्छ । यो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल हुनाका साथै सत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता छ । आजको जात्रासँगै नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुन्छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस