मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु


धनगढीमा जारी ‘मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी’ प्रतियोगिताको विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा सुरु भएको सो प्रतियोगितामा ती दुई विभागीय टोलीले पहिलो दिनका दुवै खेलमा जीत हात पार्दै अन्तिम चारणमा स्थान बनाएका हुन् ।

पहिलो खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९१–३२ ले हरायो भने पाँचौँ खेलमा कर्णाली प्रदेशलाई ६९–९ ले किनारा लगायो । त्यस्तै सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ६६–२७ ले हराउँदा छैटौँ खेलमा गण्डकी प्रदेशलाई ५६–१८ ले हरायो । सोमबार नै भएका खेलमा नेपाल एपिएफ क्लब र मधेस प्रदेश पनि विजयी भएका छन् । नेपाल एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई ५३–२२ ले हरायो भने मधेस प्रदेशले बागमती प्रदेशलाई ३६–२९ ले किनारा लगायो ।

प्रतियोगितामा आजै लिग चरणका खेलहरु हुनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेताले नगद रु एक लाख ५० हजार उपविजेताले नगद रु ८० हजार र सेमिफाइनल पुगेका दुई टोली नगद रु ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले शुभारम्भ गर्नुभयो । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशिको प्रतियोगिता रहेको आयोजकको दाबी छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope