चीनमा पुनः बढ्न थाले कोरोना भाइरसका संक्रमित


६ बैशाख (रासस÷सिन्ह्वा)ः चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् ।

चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार मात्र ३ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । सोमबारको तथ्यांक अनुसार यहाँ ३ हजार २९७ जना कोरोना संक्रमित देखिएका हुन् । ती मध्ये सबैभन्दा धेरै सांघाइ सहरमा पाइएको बताइएको छ ।चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएका मध्येका ३ हजार ८४ जना सांघाइकै रहेका बताएको छ । यहाँ पछिल्लो समयमा सांघाइमा कोरोनाको संक्रमण बढेको छ ।

त्यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ ।सो कमिसनका अनुसार चीनभित्रै संक्रमित भएका व्यक्ति भेटिएका हुन् । यहाँ जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यी सहरहरुमध्ये सबैभन्दा बढी अहिले सांघाइमा भेटिएका छन् ।

चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope