कलाकार हरिप्रसादको अभिनन्दन गरिने


कला सिर्जना र सम्पदा संरक्षणमा अनवरत योगदान गर्दै आउनुभएका वरिष्ठ कलाकार हरिप्रसाद वैद्यलाई नेवाः ग्वहालि पुचः नेपाः, वडा नं १३ र १५ ले आउँदो वैशाख १० गते शनिबार अभिनन्दन गर्ने भएको छ ।

पुरातात्विक सम्पदाका वास्तुकला ज्ञाता, डिजाइनर, चित्रकार, सङ्गीतज्ञ तथा भ्वायलिन गुरु ८५ वर्षीय वैद्यका जीवनभरका उपलब्धिहरुलाई पनि आयोजक संस्थाले नेपाल कला परिषद्, बबरमहलमा तीन दिनसम्म प्रदर्शनीमा राख्ने भएको छ ।

विसं १९९३ मा काठमाडौँको टेंगल टोलमा जन्मनुभएका वैद्यले प्रख्यात चित्रकार चन्द्रमान मास्केबाट चित्रकला र पियानो बादक कृष्णलाल तण्डुकारबाट सङ्गीतका आधारभूत ज्ञान हासिल गर्नुभएको थियो । तत्पश्चात् उहाँले नेपालको परम्परागत सङ्गीत, वास्तुकला र आधुनिक चित्रकलाको ज्ञान आफ्नै प्रयत्नबाट सिक्नुभयो र पूरै जीवन यिनै क्षेत्रमा समर्पण गर्दै आउनुभयो ।

इन्द्रचोकको आकाश भैरवको देवघर, महाबौद्धको क्वापाः छेँ, मखनको वडा भवन, नारायण मन्दिर, गणेश मन्दिर र बाङ्गेमुढाको नृत्येश्वर मन्दिरको निर्माण कार्यमा उहाँको उल्लेखनीय योगदान रह्यो ।

काठमाडौँ महानगरपालिकाको लोगो, नेपाली सेना र नेपाल प्रहरीको चिन्ह तथा लोगो, तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यहरुका लागि लोगो, नेपाल भाषा मंकाः खलः तथा नेपाल भाषा एकेडेमीका लोगो तयार पार्नुभएका उहाँले अद्यापि नयाँ पुस्ताका कलाकारहरुलाई भ्वायलिन सिकाउँदै आइरहनुभएको आयोजक संस्थाका संयोजक विष्णु चित्रकारले सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

अष्टे«लियामा नेपालको सङ्गीत प्रवद्र्धन गर्ने कार्यमा उहाँको योगदान सराहनीय छ । नेपाली परिवेश झल्कने दृश्यचित्र र व्यक्तिचित्र कोर्न रुचाउने उहाँ एक सिद्धहस्त चित्रकार मानिनु हुन्छ ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope