एक चिकित्सकको भरमा पचास शय्याको अस्पताल


रामपुर (पाल्पा), ५ वैशाख (रासस) ः रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएका हुन् ।

पचास शय्याको अस्पताल एक चिकित्सकको भरमाभन्दा पत्यार नलाग्न पनि सक्छ । यतिबेला जनशक्ति अभावमा एक चिकित्सकको भरमा अस्पतालले सेवा दिइरहेको छ । यहाँ कार्यरत छ मेडिकल अधिकृत तहका चिकित्सकले एकै पटक अस्पतालको सेवाको जिम्मेवारी छाडेपछि निमिक्त मेडिकल सुपरिण्टेडेण्ट डा विजय परियारको भरमा उपचार सेवा जारी छ ।

“जनशक्ति अभावमा म एक्लै २४ सैँ घण्टा बिरामीको सेवामा खटिनु परेको छ, बिरामीको चाप बढ्दो छ, गर्मी समय भएकाले ज्वरो, झाडापखाला, श्वासप्रशास, दुर्घटना, गर्भवति महिला, फिजियोथेरापीलगायतका बिरामी बढी आउने गरेका छन्, दिनरात नभनिकन सेवामा तल्लिन छु” उहाँले भन्नुभयो । यहाँ एक हप्ताका अवधीमा मात्रै १५ झाडापखाला कै बिरामीलाई भर्ना गरेर राख्नु परेको छ ।

अस्पतालमा कार्यरत स्थायी दरबन्दीका मेडिकल अधिकृत डा कपिल ज्ञवाली, डा कुशल खनाल, डा विकास शर्माले अध्ययन बिदा देखाउँदै यही वैशाख १ गतेदेखि लागू हुने गरी पत्र बुझाएको अस्पतालले जनाएको छ । मेडिकल सुपरिण्टेडेण्ट डा परियार भन्नुभयो, “अस्पतालमा गत चैत २९ गते तीन स्थायी दरबन्दीका चिकित्सकले अध्ययन बिदा पत्र र तीन जना करार सेवाका डाक्टरको राजीनामापत्र आएको छ, तर प्रशासनले भने स्थायी सेवाका डाक्टरलाई स्वीकृत गरेको छैन, सो पत्र माथिल्लो निकायमा पठाइएको छ, अहिलेसम्म सम्बन्धित निकायको राजीनामा स्वीकृती पत्र हामीलाई पनि प्राप्त भएको छैन, एकै पटक स्थायी दरबन्दीमा कार्यरत डाक्टरको राजीनामाले अस्पतालको सेवा प्रवाहमा समस्या पारेको छ” ।

करारमा कार्यरत तीन जना मेडिकल अधिकृत डा साकार ढकाल, मोहम्मद सर्फराज आलम र डा आयुष पौडेल राजिनमापत्र बुझाएर वैशाख १ गतेदेखि अनुपस्थित छन् । हाल अस्पतालमा ३०० बढी बिरामी उपचारमा आउने गरेका छन् भने आकस्मिक सेवामा ५० भन्दाबढी नै छन् ।

एक डाक्टरले बिरामीको उपचारमा खटिनु पर्दा प्रशासनिक काममा समय दिन नपाएको मेडिकल सुपरिण्टेडेण्ट डा परियारको गुनासो छ । रामपुर अस्पताल चार जिल्लाका नागरिकले स्वास्थ्योपचार सेवा लिने थलो हो । कालीगण्डकी वेशीका पाल्पा, स्याङ्गजा, तनहुँ र सुस्ता पूर्वनवलपरासी (नवलपुर)का नागरिकले यस अस्पतालबाट सेवा लिँदै आएका छन् । तर जनशक्ति अभावमा एक चिकित्सकले मात्रै २४ सैँ घण्टा सेवा दिनुपर्ने बाध्यता छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope