युरोपेली आयोगका अध्यक्षले अप्रिल २४-२५ मा भारत भ्रमण गर्ने


युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले अप्रिल २४ र २५ मा भारतको औपचारिक भ्रमण गर्नुहुने, भारतको विदेश मन्त्रालयले मङ्गलबार बताएको छ।

विदेश मन्त्रालयले विज्ञप्तिमा जनाएअनुसार युरोपेली आयोगका अध्यक्षको रूपमा उहाँको यो पहिलो भारत भ्रमण हुनेछ। आफ्नो भ्रमणका क्रममा युरोपेली आयोगका अध्यक्षले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । उहाँले राष्ट्रपति रामनाथ कोविन्द र अन्य विशिष्ट व्यक्तिहरूसँग पनि भेट गर्नुहुने कार्यक्रम तय भएको छ । युरोपेली आयोगका अध्यक्षलाई यस वर्षको रायसिना संवादको संस्करणका लागि प्रमुख अतिथिका रूपमा आमन्त्रित गरिएको हो ।

उहाँले अप्रिल २५ मा उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुने बताइएको छ । “भारत र युरोपेली संघ एक जीवन्त रणनीतिक साझेदार हुन् जसले राजनीतिक र रणनीतिक, व्यापार र वाणिज्य, जलवायु र दिगोपन, डिजिटल र प्रविधि पक्षहरू साथै जनता-जनता सम्बन्धहरूमा व्यापक र गहिरो सहयोगको साथ देखिरहेको छ ” , मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

मे २०२१ मा भारत-इयु नेताहरूको बैठकले व्यापार वार्ता पुनः शुरु गर्ने निर्णय र भारत-इयु साझेदारीको सुरुवातको साथ नयाँ कोसेढुङ्गा तय भएको थियो । युरोपेली आयोगका अध्यक्षको आगामी भ्रमणले प्रगति समीक्षा र इयुसँग बहुआयामिक साझेदारीलाई अझ प्रगाढ बनाउने अवसर हुनेछ। ——


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope