हाम्रो ताराखोला’ लोकार्पित

ताराखोला गाउँपालिकाको चिनारी झल्काउने पुस्तक ‘हाम्रो ताराखोला’ सार्वजनिक भएको छ । ‘
ताराखोला–काठमाडौँ विद्यार्थी मञ्च’ द्वारा प्रकाशित पुस्तकको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीलगायतले आज संयुक्तरूपमा लोकार्पण गर्नुभयो । पुस्तकमा ताराखोलाका विविध आयामबारे लेखिएका ५० भन्दा बढी लेखरचना समावेश छन् । “
ताराखोलाको इतिहास, भूगोल, कला, संस्कृतिलगायत विषयका लेखहरु पुस्तकमा सङ्गृहीत छन्”, उहाँले भन्नुभयो, “ताराखोलालाई चिनाउने तस्वीर पनि राखेका छौँ ।” पुस्तकमा ताराखोलामा जन्मनुभएका प्रा डा ओम गुरुङलगायत दिग्गज व्यक्तित्वका लेख समावेश छन् । तारोखोला घर भई काठमाडौँमा अध्ययनरत विद्यार्थीहरु मिलेर तिहारमा खेलेको देउसी भैलोबाट सङ्कलित रकमबाट पुस्तक प्रकाशन गरिएको मञ्चले जनाएको छ ।
पुस्तक लोकार्पणपछि बोल्दै गाउँपालिका अध्यक्ष घर्तीले ताराखोलाको पहिचान स्थापित गर्न पुस्तकले मद्दत पु¥याउने उल्लेख गर्नुभयो । अध्ययनका लागि काठमाडौँ पुगेका विद्यार्थीहरुले आफ्नो जन्मगाउँका लागि गरेको रचनात्मक कामको उहाँले प्रशंसा गर्नुभयो । सोही अवसरमा मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ जनाले रगत दिएको जनाइएको छ । गाउँपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखा, क्षेत्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम राखिएको हो । –––
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस