अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणी – देश नर्कमा जाँदैछ

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट र अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले संयुक्त राज्य अमेरिकालाई ध्वस्त पारिरहेको बताएका छन्।
ट्रम्पले शनिबारको र्याबलीमा आफ्ना समर्थकहरूलाई भने, “वास्तवमा के हो भने, चुनावमा धाँधली र चोरी भयो र अहिले हाम्रो देश ध्वस्त हुँदैछ। हाम्रो देश ध्वस्त हुँदैछ, हाम्रो देश नर्कमा जाँदैछ। हामीले यस्तो कहिल्यै गरेका थिएनौँ ।” “हामीसँग अहिले एकजना राष्ट्रपति छन्, दुखको कुरा जसलाई के भइरहेको छ भन्ने बिल्कुलै थाहा छैन।
उनी हावासँग हात मिलाउँदै छन्, उनी चिन्तित छन्… र इस्टर बन्नीबाट अर्डर लिरहन्छन्,” उनले भने । जबकि [रूसी राष्ट्रपति भ्लादिमिर] पुटिनले आणविक हतियार र संसारलाई नष्ट गर्ने कुरा मात्र गर्दैनन्।” उनले थपे। ट्रम्पले संयुक्त राज्य अमेरिकामा ग्यासको उच्च मूल्य र मुद्रास्फीतिको लागि वर्तमान प्रशासन दोषी रहेको बताएका छन्।
मङ्गलबार, द हिलले दुई स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ- बाइडेनले पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई सन् २०२४ मा पुन: चुनाव लड्न लागेको कुरा बताएका थिए। बाइडेनको बुझाइमा डोनाल्ड ट्रम्पलाई हराउन सक्ने उनी मात्र हुन् । ट्रम्पले आधिकारिक रूपमा फेरि राष्ट्रपतिको लागि उम्मेदवारी दिने आफ्नो इच्छा घोषणा गरेका छैनन् यद्यपि उनले अमेरिकाभरि आयोजित थुप्रै अमेरिका र्याली सम्भावनाको सङ्केत दिएका छन्। —-
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस