भूकम्प स्मृतिसभा : स्वयंसेवकको सुरक्षामा गर्न माग


काठमाडौँ, १३ वैशाख (रासस) :

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले विसं २०७२ वैशाख १२ गतेको अकल्पनीय विनाशकारी भूकम्पमा परी अकालमा ज्यान गुमाएका आफ्ना कर्मचारी तथा स्वयंसेवकको स्मृतिमा श्रद्धाञ्जलिसभा आयोजना ग¥यो ।

विश्व सम्पदा सूचीमा अवस्थित ऐतिहासिक काष्ठमण्डपमा रक्त सङ्कलन भइरहेको अवस्थामा गएको भूकम्प कारण सो दिन केन्द्रीय रक्तसञ्चार सेवामा कार्यरत वरिष्ठ प्रविधिक सहायक लालमाया गुरुङ, रक्त सङ्कलन स्वयंसेवक सानुमैया कपाली र सिम्रन डङ्गोललगायत स्वयंसेवी रक्तदाताको निधन भएको थियो । सोमबार आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले मानवीय सेवामा तल्लीन रेडक्रसका स्वयंसेवक र कर्मचारीको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “रक्तसञ्चार सेवालाई चुस्त बनाउन सामूहिक सहकार्य र समन्वयको आवश्यक छ । यसमा नेरेसोले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।”

उहाँले पालिकाहरुको सहकार्यमा नेरेसोले निःशुल्क रक्तसञ्चार अभियान सुरुआत गरिसकेको जानकारीसमेत दिनुभयो । कार्यक्रममा रक्तसञ्चार सेवाका कर्मचारी गमला क्षेत्री र राम श्रेष्ठले आफूहरूले सो दिन ‘फिल्ड’मा खटिँदा भोगेको अनुभव सुनाउँदै आगामी दिनमा पनि मानवीय सेवामा तल्लीन हुने बताउनुभयो । नेरेसो कर्मचारी सङ्घका अध्यक्ष विष्णु तिम्सिनाले अग्रपङ्क्तिमा खटिने कर्मचारी तथा स्वयंसेवकको मनोबल बढाउन राज्य र संस्थाले थप काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope