बजार अनुगमन चालमलगायत सामान जफत, नगद जरिवाना, अखाद्य वस्तु नष्ट


जिल्ला प्रशासन कार्यालय र जिल्ला घरेलु कार्यालयको नेतृत्वमा आज भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट क्षेत्रको खाद्यान्न, किराना तथा मासु पसलमा गरिएको अनगुमनमा म्याद गुज्रेका सामान बिक्रीमा राखेको पाइएको छ ।

अनुगमनमा म्याद गुज्रेको, लेबलिङ नभएका खाद्य सामग्री जफत गरी नष्ट गरिएको अनुगमन समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । अनुगमनमा चाँगुनारायण–२ रहेको देवी खाद्य उद्योगमा म्याद नाघेको ओखर, चाउचाउ, चकलेट जफत गरी नष्ट गरिएको छ । त्यस्तै सङ्ग्रिना स्टोरमा गरिएको अनुमगनमा म्याद नाघेको चाकु, बम, पप, सन गोल्ड बेस, तास लगायतका सामग्री जफत गरी नष्ट गरेको छ ।

दुवाकोटकै नारायणी खाद्य उद्योगमा गरिएको अनुगमनमा म्याद गुज्रिएको रु १५५० मा बिक्री गर्ने गृहणी चामल ६ बोरा जफत गरिएको छ । यस पसलबाट अमिलोलगायत अन्य सामानसमेत जफल गरी नष्ट गरी रु पाँच हजार जरिवाना गरिएको सहायक प्रजिअ शर्माले जानकारी दिनुभयो ।

त्यस्तै केएमसी किराना पसलमा मूल्य सूची नराखेको, म्याद गुज्रेका र बिक्री गर्ने सामान एकै ठाउँमा राखेको, बोर्ड नराखको पाइएको तथा म्याद गुज्रेको चिउरा जफत गरी नष्ट गरिएको छ । अनुगमनकै क्रममा च्वाङ्गा गणेश मिट सपमा फ्रोजन माछा, प्राउन, बफ सलामी जफत गरिएको जानकारी दिनुभयो ।

उहाँले अधिकांश पसलले म्याद गुज्रेका अखाद्य सामान बिक्रीमा राखिएको, पसल नवीकरण नगरिएको, मूल्य सूची नराखिएको, ढक तराजु नवीकरण नगरिएको, लेबलिङ र मिति नभएका सामान बिक्रीका लागि राखिएको, मूल्य सूची अद्यावधिक नगरेको पाइएको शर्माले जानकारी दिनुभयो ।

अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले बजार अनुगमन नियमित रुपमा गरिएको बताउनुभयो । उपभोक्ता मञ्चका अध्यक्ष मनोजकुमार थापा, उद्योग वाणिज्य सङ्घका विश्व दुवाल, यादवप्रसाद मिश्र, प्रहरीबाट प्रकाश घिमिरे, सुदन केसी, सञ्जिव न्यौपाने, हरिदत्त जोशी, पत्रकारलगायतको टोलीले अनुगमन गर्नुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope