थप २० जनामा सङ्क्रमण पुष्टि


देशभर पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार २२२ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ५०८ जनाले पिसिआर र ७१४ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा २७ जना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ६५६ पुगेको छ । यो दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा २९ हजार ५७४ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २२१ रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । होम आइसोलेशनमा २१५ र संस्थागत आइसोलेशनमा छजना र आइसियूमा एकजना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरू कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लाहरुमा इलाम, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, पाँचथर, भोजपुर, पर्सा, सप्तरी, रौतहट, सर्लाही, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, पर्वत, रुकुम पूर्व, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३७, ललितपुर छ र भक्तपुरमा चार सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope