शालिग्राम पाण्डेको मुल्तबी कथा सार्वजनिक


अग्रज पत्रकार एवम् अधिवक्ता शालिग्राम पाण्डेको जीवन अनुभव तथा विचारमा आधारित संस्मरणात्मक कृति ‘मुल्तबी कथा’ आज इटहरीमा लोकार्पण गरिएको छ ।

सामुदायिक प्रकाशन प्रालि इटहरीद्वारा प्रकाशित ‘मुल्तबी कथा’ अग्रज पत्रकार धर्मेन्द्र झा, प्राध्यापक बद्रीविशाल पोखरेल, अधिवक्ता सुमनचन्द्र कार्की, अधिकारकर्मी सुकदेव चौधरीलगायतले पहिलोपल्ट सार्वजनिक गरेका हुन् ।

लोकतन्त्र दिवस तथा सामुदायिक प्रकाशन प्रालिको नियमित प्रकाशन पूर्वी हटलाइन दैनिकको वार्षिकोत्सवको अवसर पारेर आयोजि मुल्तबी कथा सार्वजनिकीकरण कार्यक्रममा पत्रकार धीरेन्द्र चौधरीलाई ‘निरन्तर पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो ।

सामेल पाण्डेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सर्जकहरू बद्रीविशाल पोखरेल, सुविद गुरागाई, दिनेश पौडेल, विक्रमश्रि, बिसप ताम्राकारलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा पत्रकारहरू केशव घिमिरे, इकवाल अहमद, अधिवक्ता सुमनचन्द्र कार्की लगायतले ‘मुल्तबी कथा’का रचनाकार शालिग्राम पाण्डेको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका थिए ।

सादा जीवन उच्च विचारसहित इमानदार जीवनशैलीका लागि इटहरी क्षेत्रमा परिचित पत्रकार पाण्डे इटहरीबाट प्रकाशन गरिएको पहिलो दैनिक पत्रिका श्री जनमतको प्रधानसम्पादक हुन् । हाल उनको प्रधान सम्पादकत्वमा पूर्वी हटलाइन दैनिक नियमित प्रकाशन हुँदै आएको छ ।
साभार: कोशी अनलाईन


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope