हावाहुरीले विद्यालय तथा घरमा क्षति

गए राति महोत्तरी जिल्लाको विभिन्न पालिकामा आएको हावाहुरीका कारण विद्यालय, पोल्ट्री फार्म तथा घरमा १४ लाख बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार हावाहुरीका कारण जिल्लाको मनरासिस्वा नगरपालिका–२ स्थित कुलदीप निमाविको पूरै छाना उडाउँदा रु चार लाखको क्षति भएको हो ।
त्यस्तै सोही नगरपालिकाको वडा नं ३ मा स्थानीय शम्भु यादवले सञ्चालन गरेको पोल्ट्री फार्मको छानो उडाउँदा रु तीन लाख ५० हजारको क्षति भएको छ । हावाहुरीले जिल्लाको महोत्तरी गाउँपालिका–२ बस्ने सत्यनारायण मण्डलको खपराको घर पूरै लडाउँदा रु पाँच लाख, सुकेश्वर मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा रु ६० हजार र रामाज्ञा मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा रु ९५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यसरी हावाहुरीले महोत्तरीको विभिन्न पालिकामा गए राति रु १४ लाख पाँच हजार बराबरको क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
–––
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस