अष्ट्रलेलियाले एक दशकपछि ब्याजदर बढायो


अष्ट्रेलियाको केन्द्रीय बैंकले एक दशकभन्दा लामो समयपछि ब्याज दर बढाएको छ । बढ्दो मुद्रा स्फीतिलाई नियन्त्रण गर्न ब्याजदर बढाइएको हो ।

रिजर्व बैंक अफ अष्ट्रेलियाले निक्षेपको ब्याजदर शून्य दशलमव एक प्रतिशतबाट बढाएर शून्य दशमलव ३५ प्रतिशत पु¥याएको हो ।

पेट्रोलियम पदार्थ, आवास निर्माण र खाद्यान्नको लागत बढेका कारण पहिलो त्रैमासिक अवधिमा अस्ट्रेलियाको उपभोक्ता मूल्य दुई दशक यताकै तीव्र गतिमा बढेपछि सन् २०१० को अन्त्यपछि पहिलो पटक दर वृद्धि गरिएको हो । आरबीएका गभर्नर फिलिप लोवेले मुद्रास्फीति अपेक्षाभन्दा छिटो बृद्धि भए पनि बेरोजगारी कम हुने र ज्याला वृद्धिमा सुधार हुने बताएका छन् ।

अष्टे«लियामा आमचुनावको तयारी हुदै गर्दै ब्याजदर वृद्धि हुँदा ऋणको ब्याज पनि बढ्ने र त्यसले घरायसी बजेटमा थप दबाब बढ्ने आकंलन गरिएको छ । पछिल्लो २१ वर्षमा उच्च मुद्रास्फीति ब्यहोरिरहेको अष्ट्रेलियामा मुद्रास्फिति ५ दशमलव १ प्रतिशत पुगेको छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope