गफ हैन काम गर्नसक्ने नेतृत्व चुनौँ


स्थानीय तहको निर्वाचन नजिकिदै छ । चुनावको माहौल छ । गाउँ—शहर जताततै विभिन्न पार्टीका झण्डा तथा र्पचाहरु टाँगिदै छन् ,बाँडिदै छन् । दल तथा नेताहरु यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छन् । कतै गठबन्धन त कतै एक्ला—एक्लै चुनावी मैदानमा दलहरु होमिएका छन् । सामाजिक सन्जालदेखी लिएर चोकका चिया पसल तथा चौतारीहरुमा मानिसहरु चुनावी गफमा व्यस्त देखिन्छन् ।

हुन त पाँच बर्ष अघि पनि यस्तै माहौल नभएको भने होइन तर माहोलले जती तताएपनी चुनावपछी नेताहरु वा जनप्रतिनिधिहरुबाट अपेक्षाकृत कामकार्वाही नहुँदा भने नेपाली जनतामा निराशा छाएको छ ।चुनावी प्रचारमा ठूलाठूला भाषण गरेर एकैपटक कायापलट गर्छु भनेर भाषण गर्नेले चुनाव जितिसकेपछी भने सानो भन्दा सानो काम पनि गर्न नसक्दा जुन जोगी आएपनी कानै चिरेका भन्ने उखान चरितार्थ भएको भान हुन्छ । नेताहरु ठूलाठूला सपना बाँड्छन् ।

बास्तवमा भन्ने हो भने हाम्रो जस्तो विकासोन्मूख देशमा ठूलठूला भाषण र सपना भन्दा पनी स—सानो कामबाट नै विकासको सुरुवात गर्नुपर्ने देखिन्छ । आफनो घर अगाडीको खाल्डो पूर्न बर्षो लगाउने जनप्रतिनिधिीले देशमा भिषण परिवर्तन गर्छन् भनेर सोच्नु मूर्खता हो । ग्राउन्ड लेभलको समस्या समाधान गर्न छोडेर एकैपटक आकाशमा उड्न खोजेर कहि पुगिदैन ।


अर्कोतिर स्थानीय समस्याको पहिचान स्थानीय व्यक्तिले नै राम्रोसँग गरेको हुन्छ ।त्यसैले कुनै दल र पार्टी भन्दा पनी विकास र परिवर्तन गर्नसक्ने व्यक्ति चुन्नु हितकर हुन्छ । आस्था आ—आफनो ठाउँमा भएपनी टोल र बस्तीको विकास ठूलो कुरा हो । आस्था र पार्टी भनेर अन्धभक्त हुनुभन्दा पनी मिश्रीत पार्टीका फरक फरक व्यक्ति जो साँच्चै विकास गर्न तत्पर छ त्यस्ता व्यक्तिलाई भोट दिएमा पक्कै देशको मुहार फेरिन समय लाग्दैन । कागजी रुपमा मात्रै हैन जनताले देख्नेगरी ,छोइनेगरी र भेटिनेगरी विकास हुन आवाश्यक छ । देशको मुहार फेर्न पहिला टोल र बस्तीको मुहार फेरिनुपर्र्छ ।


दलको घोषणापत्र भन्दा पनि साँच्चै विकास चाहाने विकासप्रेमी जनतालाई जिताउन आजको आवाश्यकता हो । हैन भने फेरी चुनाव सकिएपछि अबको पाँच बर्ष पछुताउनु सिवाय केही पनि हुदैन । चर्को भाषण गर्ने, गफ मात्रै गर्ने, ठूला सपना देखाउने भन्दापनी मैदानमै उत्रिएर दु्रतगतीमा काम गर्नसक्ने नेतृत्व देशले खोजेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope