गण्डकी प्रदेशमा मुख्यमन्त्रीलाई आयोगको स्पष्टीकरण


निर्वाचन आयोगले गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई स्पष्टीकरण सोधेको छ । आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारी सवारीसाधन प्रयोग गरेर चुनाव प्रचारप्रसारमा गएकाले मुख्यमन्त्री पोखरेललाई स्पष्टीकरण सोधिएको बताउनुभयो ।

उहाँले निर्वाचन आचारसंहिता २०७८ को दफा ५ को खण्ड (क) अनुसार मुख्ममन्त्री वा मन्त्री आफँै उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने उल्लेख भएअनुसार मुख्यमन्त्री पोखरेललाई तीन दिनभित्र स्पष्ट जवाफ दिन स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो ।

यस्तै राष्ट्रिय भूमि आयोगका अध्यक्ष बद्री तिमिल्सेना र उपाध्यक्ष नहेन्द्र खड्कालाई पनि स्पष्टीकरण सोधेको छ । आयोगका प्रवक्ता पौडेलका अनुसार आयोगका अध्यक्ष तिमिल्सेना र उपाध्यक्ष खड्काले मतदातालाई प्रत्यक्ष प्रभाव पार्न भरतपुर–११ गणेशपुरमा भूमिको निस्सा बाँडेको हो भन्ने शीर्षकको समाचार विभिन्न सञ्चारमाध्यमबाट जानकारीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

आयोगले गोरखापत्र दैनिकलाई वैशाख २२ गते ‘गठबन्धनप्रति इमान्दार बन्न देउवाको आग्रह’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेकामा स्पष्टीकरण सोधेको छ । यस्तै उक्त शीर्षकको समाचारले कुनै राजनीतिक दलको प्रचार गर्न हो वा होइन भन्दै तीन दिनभित्र स्पष्ट पार्न भनिएको छ ।

यस्तै वैशाख २५ गते ‘बागी उम्मेदवारको प्रभाव नगण्य छ’ भन्ने भरतपुर महानगरपालिकाका निवर्तमान प्रमुख रेणु दाहालको अन्तर्वार्ता छापिएको विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । उहाँले पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन गर्न नपाइने बताउनुभयो ।

यस्तै आयोगले उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाले स्थानीय मतदातालाई प्रभावमा पारी राज्यको स्रोतको दुरुपयोग गरी टिनको जस्तापाता वितरण गरेको उजुरी आयोगमा परेकाले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope