मोरङको रङ्गेलीको मतगणना पुनः सुरु


मोरङ रङ्गेली नगरपालिकाको मतगणना पुनः सुरु भएको छ । रङ्गेली नगरपालिका–८ बाट आएको मतपेटिकामा लाहाछाप नभएका कारण नेपाली कांग्रेसका प्रतिनिधिले अवरोध गरेपछि वैशाख ३१ गते रातिदेखि मतगणना स्थगन भएको थियो । सो अवधिमा कूल २७ हजार २७० खसेको मतमा तीन हजार मतगणना भइसकेको थियो ।

सोही विषयमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले रङ्गेलीको जनता क्याम्पसका रहेको मतगणनास्थलको निरीक्षण एवं अवलोकन गरी उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरी मतगणना पुनः सञ्चालन गर्ने सहमति भएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, प्रहरी उपरीक्षक शान्तिराज कोइराला, नगरप्रमुखका उम्मेदवार नेपाली कांग्रेसका मोदराज घिमिरे र नेकपा (एमाले) दिलीप वगडियासहित निर्वाचनमा सहभागी राजनीतिक दलका तीन÷तीनजना प्रतिनिधिको सहभागिता थियो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको मिति घोषणा भएपछि नै निर्वाचन आयोगले निर्वाचनका लागि सबै कामहरू व्यवस्थित एवं मर्यादित ढङ्गले सम्पादन गरेकाले आयोगको कुनै पनि ठाउँमा त्रुटि नदेखिएको बताउनुभयो । उहाँले मतपेटिका लाहाछाप नभएको भत्रे विषयमा आयोगको सुनियोजित गल्ती नभई मानवीय त्रुटि हुन सक्ने भएकाले यसमा कसैले पनि विवाद गर्नुपर्ने कारण नभएको बताउनुभयो ।

आगमी जेठ ५ गते भित्र सबै पालिकाका मतगणना सम्पत्र हुने गरी गणकलाई निर्देशन दिँदै उहाँले भत्रुभयो, “मतगणनाका लागि आवश्यक पर्ने सबै सुविधा उलब्ध हुन्छ, मतगणनाको काम छिटो गर्नुस् ।” मतगणनास्थलमा केही कमी कमजोरी भएमा त्यसलाई सच्याउन र मतगणना युनिट विस्तार गरी छिटोभन्दा छिटो मतदाताको अभिलाषा पूरा गर्न निर्देशन दिँदै प्रमुख आयुक्त थपलियाले भत्रुभयो, “निर्वाचनमा मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेपछि परिणाम थाहा पाउन किन ढिलो गर्ने ?”

उहाँले मतदान केन्द्रबाट मतदान भई मतगणनास्थलमा आइसकेपछि मतपेटिकाका विषयमा विवाद सिर्जना गरेर पुनः निर्वाचन गर्नुपर्छ नभन्न आग्रह समेत गर्नुभयो । मोरङका प्रजिअ काशिराज दाहालले निर्वाचनमा कुनै पनि त्रुटि हुन नदिन विशेष सतर्कता अपनाएको र मानवीय त्रुटिलाई अगाडि सारेर मतगणनास्थलमा विरोध वा अवरोध सिर्जना गर्नु गलत भएको बताउनुभयो ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope