बडीमालिका २ र ३ मा एमाले विजयी


जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर २ र ३ मा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडी बाजुराका अनुसार उक्त बडीमालिका–२ मा एमालेका उम्मेदवार डम्बरबहादुर महतले ३१९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपालबहादुर कार्कीले ३१५ मत ल्याएर पराजित हुनुभएको छ । कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा पनि चार मतले महतसँग पराजित हुनुभएको हो ।

यस्तै बडीमालिक –३ मा पनि एमालेका अध्यक्षका उम्मेदवारसहितको सिङ्गो प्यानल निर्वाचित भएको छ । अध्यक्ष पदका उम्मेदवार डवलबहादुर रोकायाले ४०० मत ल्याएर निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी कांग्रेसका अध्यक्षका उम्मेदवार दलबहादुर रावलले १६१ मत ल्याएर पराजित भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope