जुम्लाको सिंजाको अध्यक्षमा माओवादी केन्द्र विजयी

जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्ष पदका उम्मेदवार पुर्णप्रसाद धितालले एक हजार ९४९ मत ल्याई विजयी हुनुभएको हो । धितालका प्रतिस्पर्धी नेपाली कांग्रेसका नन्दराम बुढाले एक हजार ८३१ मत ल्याउनुभएको छ ।
त्यस्तै उपाध्यक्षमा पनि माओवादीकी शीतला रोकाया विजयी हुनुभएको छ । उहाँले एक हजार ९५६ मत ल्याउनुभएको छ । उहाँकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राजकला शाहीले एक हजार ६८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सिंजाले जनाएको छ । यहाँका आठ स्थानीय तहमध्ये माओवादी केन्द्रले अहिलेसम्म सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मात्र जितेको छ ।
पातरासी गाउँपालिकामा माओवादी केन्द्रले उपाध्यक्ष र कांग्रेसले अध्यक्षमा विजयी भएको छ । हिमा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गरिसकेको छ । विसं ०४७ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रले जिल्लाका तातोपानी, गुठीचौर र हिमा गाउँपालिका अध्यक्षमा विजयी भएको थियो । यहाँका चन्दननाथ नगरपालिका, तिला तातोपानी र गुठीचौरको अन्तिम मत परिमण आउन बाँकी रहेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस