रामगोपालपुरमा एमाले विजयी


लामो व्यग्रता चिर्दै महोत्तरीमा स्थानीय तह निर्वाचन मतगणनाको सबै पदको परिणाम घोषणा गर्ने रामगोपालपुर नगरपालिका पहिलो बनेको छ । रामगोपालपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेद्वार प्रमुख–उपप्रमुखमा विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । प्रमुखमा रामदुलार साह र उपप्रमुखमा रिनादेवी यादव विजयी हुनुभएको छ ।

प्रमुख पदमा विजयी साहले पाँच हजार ३४९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अशोककुमार मण्डलले तीन हजार ५८६ मत प्राप्त गर्नुभएको रामगोपालपुरका निर्वाचन अधिकृत जानकीरमण यादवले जानकारी दिनुभयो । त्यसैगरी उपप्रमुखमा निर्वाचित यादवले चार हजार २६३ मत प्राप्त गर्नुभएको र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्पादेवी कुशवाहाले तीन हजार ४०३ मत प्राप्त गर्नुभएको रामगोपालपुरस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जम्मा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह रहेका जिल्लामा सबै पदको मतगणना परिणाम घोषणा भएको यो पहिलो हो । अब धमाधम परिणाम घोषणा गर्ने चरणमा पुग्न लागिएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा जिल्लाभरिमा आठवटा वडाध्यक्ष र १०० मुनि वडा सदस्यमा मात्र जित हात पारेको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope