तुलसीपुरमा एमाले उम्मेदवारको अग्रता


तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार टीकाराम खड्का र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीबीच प्रतिस्पर्धा देखिएको छ ।

आज बिहान प्राप्त मत विवरणअनुसार एमालेका खड्काले १० हजार ६०५ र कांग्रेसका उम्मेदवार गिरीले १० हजार ५३४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले जनाएको छ । उहाँहरु बीच ७१ मतान्तर रहेको छ ।

त्यस्तै उपप्रमुख पदमा एमालेका उम्मेदवार स्यानी चौधरी अगाडि हुनुहुन्छ । चौधरीले ११ हजार १७ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानाले आठ हजार ९९ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीच एक हजार ८१८ को मतान्तरण रहेको छ । हालसम्म २५ हजार ६८३ मत गणना भएको छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका–६ को वडाध्यक्ष पदमा एमालेका दुजमान भण्डारी २१ हजार २३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका लोकराज डाँगीले दुई हजार ६७ मत प्राप्त गर्नुभएको छ । यसअघि तुलसीपुर–५ मा कांग्रेसका वीरेन्द्रकुमार शाह, तुलसीपुर–४ मा गठबन्धबाट माओवादीका तुलसी थापामगर, तुलसीपुर–३ मा एमालेबाट वीरबहादुर विक, तुलसीपुर–२ भमबहादुर कवर योगी, तुलसीपुर–१ मा गठबन्धबाट होमकान्त सापकोटा निर्वाचित हुनुभएको छ ।

अहिले तुलसीपुर उपमहानगरपालिका वडा नं ७, ८ र ९ को मतगणना जारी रहेको छ । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४ हजार ३३६ मत खसेको थियो ।–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope