बलात्कारी


उ शान्त भएर आयो
मानौँ उ गौतम बुद्ध हो
र मलाई ‘लेमनेड’ दियो
मैले उसलाई विश्वास गरेँ र पिइदिए
मलाई झुम्म भयो
उसले भाष्य निर्माण गर्‍यो
र प्रेमपूर्वक कुनै कोठामा आराम गर्न लगायो
बिउँझिँदा मात्र थाहा भयो
उसले त मेरा जिन्दगीका पत्र दलहरू
पल्टाई सकेको रहेछ
मेरो जीवन कै गोप्यतामाथि हमला गरेर !
न मैले उसलाई ‘त्यसो नगर’ भन्न पाएँ
न म रुन पाएँ
न मैले ‘बचाउ’ भन्न पाएँ !
यसरी उसले मेरो शरीरमाथि,
मेरो अस्वीकार माथि ,
मेरो चिच्याउन र रुन पाउने अधिकार माथि समेत
बलात्कार गर्‍यो !
मेरो शरीर र इन्कारमाथि बलात्कार गर्नेलाई
के सजाय हुन्छ हजुर ?
उजुरी गर्ने समय त नाघिसक्यो, तपाईँ भन्नुहोला
तर
उसले मलाई यस्तो ‘ट्रमा’ दिएर गयो
बाटामा बुद्धहरू देख्दा पनि झस्किन्छु !

कविता: तुलसी आचार्य


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope