विजयनगरमा पुनः एमालेकै नेतृत्व


कपिलवस्तुको विजयनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा (एमाले)ले जितेको छ । अध्यक्षमा गोपाल थापा र उपाध्यक्षमा लक्ष्मीकुमारी थारू निर्वाचित हुनुभएको हो ।थापाले पाँच हजार ८३८ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकीप्रसाद यादवले पाँच हजार ३३४ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा निर्वाचित थारूले चार हजार ९३० मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी जसपाकी गुञ्जेश्वरी कुर्मीले चार हजार ८४९ मत प्राप्त गर्नुभयो ।

विसं २०७४ मा पनि थापा र थारू नै निर्वाचित हुनुभएको थियो । यस गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित छ वटा वडा जितेको छ । सातवटा वडा रहेको गाउँपालिकामा जसपाले एक वडाध्यक्ष जितेको छ ।

नवनिर्वाचित प्रमुख–उप्रमुखलाई स्वागत
दियालो नेपाल नामक संस्थाले शिवराज नगरपालिकाका नवनिर्वाचित प्रमुख–उपप्रमुखलाई स्वागत गरेको छ । प्रमुखमा अजय थापा र उपप्रमुखमा शिवकुमारी थारू निर्वाचित भएपश्चात संस्थाका अध्यक्ष तारा थापा तथा संस्थापक अध्यक्ष मीना परियारले २५–२५ किलोका माला लगाई सम्मान गर्नुभएको हो ।

दलित मानवअधिकार निगरानी समितिका अध्यक्षसमेत रहनुभएका परियारले निर्वाचित प्रतिनिधिसँग नगरवासीले ठूलो आशा र अपेक्षा राखेकाले पाँच वर्षमा नमूना काम गर्न आग्रह गर्नुभयो । सम्मान ग्रहण गर्दै नगरप्रमुख थापाले शिवराजको विकास र समृद्धिमा आफू कटिबद्ध भएर लाग्ने बताउनुभयोे ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope