केन्द्रीय पुस्तकालय र नथामिएका मेरा आँसु

जहाँ हे¥यो त्यही धुलो, सिलिङ र भित्ता भरी माकुराको जालो , वरिपरि लडिरहेका र भाँचिएका कुर्ची , धुलोले पुरै ढाकिएका अस्तव्यस्त किताबका खाली ¥याकहरू, चर्कँदै गरेको पर्खाल ।


सन् २०१७ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय छिर्न नपाउँदै ह्वास्स ढुसीको गन्ध आयो । पहिलो पटक म त्यो पुस्तकालय १४ वर्ष अगाडी अर्थात् २००३ सालमा पुगेको थिए ,जति बेला म अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्दे थिए । म त्यति बेला एउटा शोधपत्र लेख्दै थिए ।

यो बिचमा म अमेरिका गए, त्यही अध्ययन गरे र अहिले विद्यावारिधि गर्ने क्रममा केही अनुसन्धानका सामाग्री पाइन्छ की ? भन्ने हिसाबले त्यहाँ पुगेको थिए ।

भुईँभरि धुलो ,विद्यार्थीहरूको चहलपहल, जुत्ता र चप्पलको ढ्याप —ढ्याप आवाज , कुनातिर केही कर्मचारी गफिँदै थिए । कहाँ र कसरी मैले खोजेको सामाग्री पाउने अन्योल भएपछि मैले त्यही अगाडी काम गर्दे गरेकी एक महिलालाई सोधे । ‘माथि कोठा नं ५ मा गएर सोध्नुस्’ उनले भनिन् । म सिँढीबाट माथि चढे , ‘हरे कति जीर्ण भई सकेछ यो पुस्तकालय ’ मैले मनमनै भने ।

जहाँ हे¥यो त्यही धुलो, सिलिङ र भित्ता भरी माकुराको जालो , वरिपरि लडिरहेका र भाँचिएका कुर्ची , धुलोले पुरै ढाकिएका अस्तव्यस्त किताबका खाली ¥याकहरू, चर्कँदै गरेको पर्खाल ।

दोस्रो तल्लामा अघि बढे , विद्यार्थीको ठुलो समूह अध्ययन कक्षमा आ—आफ्नो ठाउँमा बसेर अध्ययन गरिरहेका , कोही पत्र‒पत्रिका पढ्दै, कोही शोधपत्र हेर्दे, कोही नोट गर्दे । गर्मी उत्तिकै ,त्यहाँ कुनै पङ्खा थिएन , प्राय पसिनाले निथ्रुक्क भिजेका देखिन्थे  ।

त्यसपछि म कोठा नं ५ मा पुगे, त्यहाँ कोही कर्मचारी थिएनन् । धुलोमा पुरिएको कम्प्युटर थियो । बाहिर निस्के र कोठा नं ६ मा गफिँदै गरेका दुई महाशयलाई सोधे ‘खै यता कोही हुनुहुन्न ’ , ‘अघिसम्म त तिन जना यतै हुनुहुन्थ्यो ’  उनीहरूले भने । धेरै बेरको कुराइपछि लगभग एक घण्टापछि बल्ल‒बल्ल एक महिला महाशय आइपुग्नुभयो र ठाडो स्वरमा भन्नुभयो ‘कसलाई खोजेको ’ ?  मैले आफ्नो कुरा राखेपछि उहाँले ‘ यहाँ पाइन्न तल जानुस् ’ भन्नुभयो । मैले आफूलाई तलैबाट माथि पठाइएको र आफूले कुरेको  एक घण्टा भइसकेको जनाएपछि उहाँले मलाई इन्टरनेट भएको कोठामा लगेर अर्का महाशयसङ भेटाइदिनुभयो । जसले किताब नं खोज्न सघाउनुभयो ।

तलबाट माथि र माथिबाट तल गर्दे म हैरान भइसकेको थिए । किताब नं लिएर म फेरी तल्लो कोठामा गए, ‘यी किताबहरू मलाई चाहिएको छ , कसरी खोज्ने होला ’? मैले डेस्कमा रहेकी एक महिलालाई सोधे ‘जानुस् न यही भित्र छ ’ उनले हातले देखाउँदै भनिन् ।

म गए प्रत्येक ¥याक नियाल्दै , अस्तव्यस्त छन् किताबहरू ¥याकमा , भुईँ भरी उत्तिकै छ धुलो र फोहोर , उत्तिकै धुलोले जेलिएका छन् किताबहरू, अधिकांश किताबका गाताहरू च्यातिएका छन् । मक्काएका छन् पुस्तकका पानाहरू, धमिराले केही पुस्तकका आधा पाटो खाइसकेको छ । मुखमा मास्क र हातमा पन्जा नलगाई त्यो धुलोबाट बचिने कुनै उपाय नै छैन ।

धेरै बेर लगाएर हेर्दा पनि पुस्तक फेला नपरेपछि मैले त्यही काम गर्ने व्यक्तिसङ सहयोगको लागि हात फैलाए, उनले मलाई डो¥याउदै किताबको ¥याकतिर लगे । ‘लौ यतै कतै हेर्नुहोस् ’ उनले भने मैले हेरिरहे । ‘किताबमा कुनै नम्बर छैन, कसरी पत्ता लगाउने ’ मैले भने । ‘यतै कतै छ हेर्नुस् न , शीर्षक के हो त्यो पनि हेर्नुहोस् ’ उनले भने । एउटा किताबको डङ्गुर तिर देखाउँदै, लौ हेर्नुहोस् त्यता पनि हुनसक्छ ।

यसो हेरे, हतारको बेला आँगनमा थुपारेको धानजस्तो असरल्ल किताबहरू भुईँमा छरपस्ट लडिरहेका थिए र त्यो धुलोमा एक चाङ किताबमाथि अर्को चाङ किताबहरू घुगुती खेल्दै थिए । गाता र पाना च्यातिएका , दोब्रिएका, कहालीलाग्दो जर्जर अवस्था थियो । त्यहाँ मैले आफूले खोजेको पुस्तक पाउन असम्भव भएपछि म लागे शोधपत्र सङ्कलन कक्षतिर , त्यहाँ पनि कोही कर्मचारी थिएनन् डेस्कमा ।

केही बेर पछि उनीहरूलाई कुनाको झ्यालमा गफिँदै गरेको देखे । ‘कसलाई  खोजेको’  फेरी ठाडो प्रश्न प्रहार भयो ।  ‘मलाई मेरो १४ वर्षअघि लेखेको शोधपत्र हेर्नु थियो , यो हो कल नम्बर मैले नम्बर देखाउँदै भने । ‘तपाई लाइब्रेरी सदस्य हो ?’ उनीहरूले सोधे , ‘हैन’ मैले भने ।

पहिला लाइब्रेरी कार्ड बनाएर आएपछि मात्र हेर्न पाउने कुरा उनीहरूले गरे तर आफूले यही एक छिन हेर्न चाहेको र पुस्तकालयको अस्तव्यस्त देखेपछि आफ्नो आँखाबाट झन्डै आँसु आएको भनेपछि भावुक भएछन् कि क्या  हो, ल ल यही बस्नुस् भनेर मलाई त्यही बस्न भने । म बसे, मेरै छेउमा अन्य विद्यार्थीहरू पढिरहेका थिए । लाइब्रेरी प्रवेश गर्ने बित्तिकै सुरु भएको धुलोले मलाई म बसेको कुर्चीमै पनि छाडेन, यसो हेरे अघि कति बेला मेरो प्यान्ट धुलाम्मे भई सकेछ ।

अगाडी टेबुल देखे त्यहाँ माथि लेखिएको थियो, “पुस्तकालय एउटा मन्दिर हो , जसलाई सधैँ पवित्र राखौँ ” । केही बेरमै ती महाशयले मलाई मेरो शोधपत्र टक्राए । मैले त्यो सोध पत्रलाई आफ्नो हातमा लिए र कहिबेर सुमसुम्याए, औधी आनन्द आयो । मैले त्यो पुस्तकालयको धुलो, धमिरा, अस्तव्यस्तता र जीर्ण हुँदै गएको अवस्थालाई एक छिन चटक्कै भुले । मेरा आँखा रसाए । ‘मेरो पुस्तकालय ’ मनमनै साउती मारे ।

अमेरिकाका पुस्तकालयमा वर्षौँ बिताएको म , जहाँ आफूभित्र पस्दै आफ्नो शरीरको मैलो नै भुईँमा लाग्ने हो की ? भन्ने पिर हुन्छ । प्रत्येक अध्ययन कक्षमा कम्प्युटर इन्टरनेट हरपल हुन्छ, महँगा कार्पेटमाथि महँगा सोफाहरू ठाउँ ठाउँमा राखेर पुस्तकालयको शोभालाई अझ बढाएका हुन्छन् । कुनै एउटा पुस्तक पनि भुईँमा हुँदैनन् । सही तापक्रममा सही हिसाबले , वैज्ञानिक तरिकाले पुस्तकहरूलाई हिफाजत गरी राखिएको हुन्छ । जुन नम्बर लिएर पुस्तक खोज्न गइन्छ, ठिक त्यही ठाउँमा त्यही पुस्तक तुरुन्त भेटिन्छ, कुनै अपवाद बाहेक । सोधपुछ र सहयोगको लागि मन्द मुस्कान र मिठो बोलीसहित महाशयहरू तुरुन्तै उपलब्ध हुन्छन् । अनुसन्धानका लागि हालसालै प्रकाशित भएका पुस्तकहरू सहजै भेटिन्छन् । तर नेपालकै सबैभन्दा ठुलो केन्द्रीय पुस्तकालय जहाँ मैले घण्टौँ लगाउँदा पनि खोजेको पुस्तक पाइन, अरू त परै जाओस् । त्यसमा पनि हालसालै प्रकाशित भएका पुस्तकको त कुरै छाडौँ । म केहिवेर यत्तिकै टहलिरहे । टहलिदा‒टहलिँदै माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीको एक समूह गुरुहरूसँग त्यही पुस्तकालयको भ्रमणमा आए । ‘यही हो नेपालको सबैभन्दा ठुलो केन्द्रीय पुस्तकालय’ गुरुहरूले आफ्ना विद्यार्थीलाई बताउँदै थिए ।

त्यहाँ गर्व गर्न लायक केही थिएन । मलाई पुस्तकालय प्रमुखसङ भेटेर अव्यवस्थित लाइब्रेरीको बारेमा भन्न मन लाग्यो तर उनी रिटायर भइसकेका रहेछन् । त्यसको विकल्पमा एक सहायकलाई भेटे र आफू पुस्तकालय देखेर भाव विह्वल भएको कुरा बताए ।

त्यहाँ गर्व गर्न लायक केही थिएन । मलाई पुस्तकालय प्रमुखसङ भेटेर अव्यवस्थित लाइब्रेरीको बारेमा भन्न मन लाग्यो तर उनी रिटायर भइसकेका रहेछन् । त्यसको विकल्पमा एक सहायकलाई भेटे र आफू पुस्तकालय देखेर भाव विह्वल भएको कुरा बताए ।

‘हो तपाईँका कुरा सही हुन’् उनले भने ।

तल झरे, अघि माथि र तल गराउनमा मज्जा लिएका कर्मचारीसँग त्यही कुरा गरे । केही कर्मचारी मुख छोपी कुनातिर बसेर खितखित हाँसेको देखे । यद्यपि मेरो भावनाको खिसी गरे पनि मलाई मेरो जिम्मेवारी निभाएको अनुभव भयो । जति आनन्द मलाई त्यस पुस्तकालयमा बसेर आफूले १४ वर्ष अगाडि लेखेको शोधपत्र समाउँदा भयो, त्यत्ति नै असह्य पिडा त्यस पुस्तकालयको जीर्ण अवस्था देखेर भयो ।

यही बेला मलाई एक अर्जेन्टियन  लेखक तथा कवि लुइस ब्रोगाइसको एउटा भनाई याद आयो कि ‘म जहिले यो कल्पना गर्छु कि स्वर्ग एउटा पुस्तकालय हुनेछ’ । यो भनाइले पुस्तकालयको महत्त्व कति हुन्छ भन्ने त प्रस्ट्याउँछ नै त्यो भन्दा बढी त्यसले दिने स्वर्गीय आनन्द कति हुने रहेछ भनेर देखाउँछ ।

नेपालकै सबैभन्दा ठुलो केन्द्रीय पुस्तकालय जहाँ हजारौँ विद्यार्थीहरू ज्ञान आर्जन र अनुसन्धान गर्न उपस्थित हुन्छन् त्यस्तो ठाउँ , त्यत्ति जीर्ण हुँदै गएको देखेर मेरा आँखाका आँसु थामिएनन् । आँखाका डिल भत्काएर आएका आँसु पुछी म लाइब्रेरीबाट बाहिरिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope