नेकपा (एकीकृत समाजवादी)द्वारा जनप्रतिनिधिलाई सम्पत्ति विरण सार्वजनिक गर्न निर्देशन

नेकपा (एकिकृत समाजवादी) ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई यही जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टीका महासचिव डा बेदुराम भुसालले आज जारी गर्नुभएको विज्ञप्तिमा जनप्रतिनिधिलाई निर्धारित समयमा आआफ्नो सम्पत्ति विरण सार्वजनिक गर्न निर्देशन दिँदै अनियमितता र भ्रष्टाचारमुक्त भई सरल जीवनशैली र असल आचरण अवलम्बन गर्न भनिएको छ ।
पार्टीको निर्णय र निर्देशनको पालना गर्न आग्रह गरिएको विज्ञप्तिमा जनताको हितलाई केन्द्रबिन्दुमा राखेर निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न सुझाइएको छ । विज्ञप्तिमा ऐन तथा कानुनको परिधिमा रहेर इमान्दारिता र कर्तव्यनिष्ठापूर्वक मुलुक र जनताको हितमा कार्यसम्पादन गर्न र निजी स्वार्थबाट टाढा रहन निर्देशन दिइएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस