स्थानीय सरकारको महत्त्व र सन्देश 


वैशाख ३० मा स्थानीय तहको चुनाव भयो । पार्टीका कार्यकर्ताहरूलाई भ्याई नभ्याई भयो, चुनावको प्रचार–प्रसार गर्न, अझ भनौँ केन्द्र स्तरकै नेताहरूलाई । उनीहरूका लागि यो समय उत्सवमय थियो, ’एक्साईटिङ्ग’ थियो । पार्टीका कार्यकर्ताहरू यही बेला हो ’म कतिसम्म खट्न सक्छु र नेतालाई खुसी बनाउन सक्छु’ भनेरै लागेका थिए । उनीहरूलाई लागेको थियो कि नेतालाई खुसी पार्न सक्यो वा नेताको पक्षमा शक्ति प्रदर्शन गर्न सक्यो भने भोलि त्यो नेता पदमा पुग्दा उनीहरूको पनि कुनै खाने भाँडो तयार हुन्छ । त्यही भएर एउटा–एउटा पार्टी, एउटा–एउटा नेतालाई खाकी च्यापेर हिँड्नै पर्ने अपरिहार्यता छ । कुनै सङ्घसंस्था, तथा निर्माण भएका सामाजिक संस्थाहरू पनि एउटा न एउटा पार्टीको झन्डा बोकेर हिँडेका छन् । प्राध्यापक, वकिल, पत्रकार समेत राजनीतिक पार्टी आबद्ध संस्था खोलेर राजनीति गरिरहेका छन् ।

ठिक यस्तो अवस्थामा बालेनले त्यो सोचलाई केही हदसम्म बदल्न सकेका छन्, काठमान्डूको मेयर पदमा आफूलाई जिताएर । त्यो सँगै यो परिणामले के पनि देखाएको छ भने जनताको चेतना को स्तर निकै माथि रहेछ । यद्यपि पार्टीबाट बिरक्तिएका मतदाताहरूको मत पनि खसेको छ । विभिन्न ठाउँबाट उठेका स्वतन्त्र युवा उम्मेदवार र उनीहरू विजय भएको देख्दा यसपालिको स्थानीय चुनावमा संस्था भन्दा पनि व्यक्ति बलियो भएको देखिएको छ । यसको अर्थ भनेको विगतमा संस्थागत पार्टीबाट चुनिएका जनप्रतिनिधिले बोलेजस्तो र भनेजस्तो विकास गर्न नसक्नु नै हो । जनप्रतिनिधिले स्थानीय सरकार किन बनिन्छ भन्ने नबुझेर वा बुझ पचाएर बस्दिनाले गर्दा समस्या ज्युँ को त्युँ रहन गएको देखिन्छ , अपवादमा भएका केही राम्रा काम बाहेक । हिजो राम्रा काम गरेका जनप्रतिनिधिहरूले त आजको स्थानीय चुनावमा पनि राम्रो मत ल्याएकै देखिन्छ ।

हिजो जस्तै आज पनि नेताहरू कुन ’स्ट्र्याटेजि’ र ’प्रोपोगाण्डा’मा काम गरेर चुनाव जित्न सकिन्छ भन्ने होडमा लाग्ने भन्दा कसरी काम गरेर जनताको मन जित्न सकिन्छ भनेर लागे मात्रै जनताले अर्को चोटि पत्याउनेछन् । आदर्श र दर्शनले सुसज्जित पार्टीका घोषणापत्रहरू भन्दा नागरिकका दैनिक जीवनका साना भन्दा साना समस्या र आवश्यकतालाई सम्बोधन गर्न सके मात्र जनताको मन जित्न सकिन्छ । नाम मात्रको संविधान बनाएर जनतालाई बेवकुफ बनाउने घटिया राजनीतिले व्यवहारतः सङ्घीयता हुनु र आउनुको महत्त्वलाई शक्तिको विकेन्द्रीकरणसङ लगेर जोड्न सक्दैन । अबका जनप्रतिनिधिहरूले त्यो बुझ्नु आवश्यक छ । हरेक नागरिकको सुरक्षित भविष्यको लागि र एउटा सुन्दर समाजकालागि स्थानीय सरकारको महत्त्व धेरै छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope