निःशुल्क आँखा शिविरबाट ३०० लाभान्वित


म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा आयोजित निःशुल्क आँखा शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका छन् ।

म्याग्दी जेसीजको २४औँ स्थापना दिवसका अवसरमा शिविर आयोजना गरिएको हो । म्याग्दी जेसीजका कार्यकारीणी उपाध्यक्ष कुमार बानियाँका अनुसार शिविरमा आँखाका विभिन्न रोगको पहिचानपछि बिरामीलाई निःशुल्क औषधि तथा १०५ जनालाई चस्मा वितरण गरिएको थियो । शिविरमा नेत्र ज्योति सङ्घ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँ नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेको थियो ।

शिविरमा १० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएकाले उनीहरुको निःशुल्क शल्यक्रियासहितको उपचारको प्रबन्ध गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दीप खत्रीले बताउनुभयो । म्याग्दी जेसीजको आयोजना, नेपाल रेडक्रस सोसाइटी पुलाचौर शाखाको सह–आयोजना तथा नेपाल नेत्र ज्योति सङ्घ म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त शिविरबाट वृद्धवृद्धा बढी लाभान्वित बनेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope