मधेस प्रदेश : सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु


मधेस प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत गत जेठ २२ गते बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

आज बसेको प्रदेशसभाको बैठकमा सरकारको सो नीति तथा कार्यक्रममाथिको छलफल भाग लिँदै प्रदेशसभाका सदस्यले सरकारको नीति कार्यक्रम स्वागतयोग्य रहेकाले सोहीअनुरुपको बजेट बनाउन सुझाव दिएका छन् । बैठकमा प्रदेशसभा सदस्य परमेश्वर साहले मधेस सरकारले ल्याएको नीति तथा कार्यक्रममा समेटिएका कुरा सकारात्मक रहेको भन्दै त्यसको कार्यान्वयनमा शङ्का रहेको टिप्पणी गर्नुभयो ।

सुरुदेखि नै एउटै विषयलाई नीति तथा कार्यक्रममा राखिँदै आए पनि काम केही नभएको गुनासो गर्नुहुँदै उहाँले दूधमती महेन्द्रनगर करिडोरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरिनेछ भनेर सुरुदेखि नै सबै नीति तथा कार्यक्रममा राखिँदै आएको भए पनि त्यो कार्य हुन नसकेको गुनासो गर्नुभयो ।

प्रदेशसभा सदस्य दिलीपकुमार साहले प्रदेश सरकारले ल्याएको नीति कार्यक्रममा राखिएको विषय स्वागतयोग्य रहेको भएको उल्लेख गर्नुहुँदै सिरहाको पर्यटकीयस्थललाई नीति तथा कार्यक्रम नसमेटिएकाले त्यसलाई पनि समेटिनुपर्ने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमलाई टेकेर बजेट विनियोजन गर्न आग्रहसमेत गर्नुभयो ।

प्रदेशसभा सदस्य रामअशिष यादवले प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम प्रदेशको समृद्धिका लागि कोसेढुङ्ग हुने दाबी गर्नुहुँदै विगतकै वर्र्षमा ल्याउनुपर्ने कतिपय विषय अन्तिममा भए पनि समेटिएको बताउनुभयो । उहाँले सरकारले नीति तथा कार्यक्रममा कृषि, पर्यटन र सामाजिक न्यायका विषयलाई प्राथमिकता दिनु सकारात्मक रहेको उल्लेख गर्दै पर्यावरणीय पक्षलाई पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

आजको बैठकमा प्रदेशसभा सदस्य बच्चाराम अहिर, किशोरी साह (कमल), शिवचन्द्र चौधरी, मो समिम, जैनुल राइन, सत्यनारायण मण्डल, सुरिताकुमारी साह, मदनसेन श्रीवास्तव, उपेन्द्र महतो, बबिता कुमारी, बाबुलाल साहलगायतले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषयवस्तु समेट्न सुझाव दिनुभयो ।

सरकारको नीति तथा कार्यक्रममाथि भोलि बस्ने प्रदेशसभा बैठकमा पनि प्रदेशसभा सदस्यले सुझाव राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीकुमार यादवले जानकारी दिनुभयो ।

संशोधन प्रस्ताव दर्ता

मधेस प्रदेशसभा बेठकमा प्रस्तुत प्रदेश सरकारको आगामी आर्थिक वर्र्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि प्रदेशसभाका पाँच जना प्रदेशसभा सदस्यले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ ।

प्रदेशसभा सदस्य बच्चाराम अहिर, परमेश्वर साह, दिलीपकुमार साह, सुन्दरबहादुर विश्वकर्मा र बाबुलाल साह (कानु) ले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दत्र्ता गराउनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । संशोधन प्रस्ताव दर्ता गराउनुभएकामध्ये प्रदेशसभा सदस्य बच्चाराम अहिर, परमेश्वर साह, दिलीपकुमार साह र बाबुलाल साह (कानु) ले प्रदेशसभामा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गरिसक्नुभएको छ भने प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले भोलिको बैठकमा संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

प्रदेश सञ्चार ऐन २०७७ संशोधन विधेयक पेश

मधेस प्रदेशसभाको आजको बैठकमा प्रदेश सञ्चार ऐन २०७७ संशोधन गर्न बनेको विधेयक पेश भएको छ । बैठकमा प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश सञ्चार ऐन २०७७ संशोधन गर्न बनेको विधेयक पेश गर्नुभयो । प्रदेश सञ्चार ऐन २०७७ मा केही कुरा संशोधन गर्नुपर्ने र परिमार्जन गर्नुपर्ने भएकाले सो विधेयक पेश गरिएको मन्त्री साहले जानकारी दिनुभयो ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope