एसियाली खेलकुद प्रतियोगिताको तयारी सुरु


चीनमा आयोजना हुने उन्नाइसौँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण आजदेखि विधिवतरुपमा सुरुत भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले नेपालले सहभागिता जनाउने विभिन्न २३ खेलको बन्द प्रशिक्षणको उद्घाटन गर्नुभयो । उहाँले बन्द प्रशिक्षण १९औँ एसियाली खेलकुदलाई मात्रै नभई अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीसमेत रहने बताउनुभयो ।

सदस्यसचिव घिसिङले पहिलो चरणको प्रशिक्षणको लागि रु पाँच करोड बजेट विनियोजन भएको र दोस्रो चरणको प्रशिक्षणको लागि पनि बजेट पारित भइसकेको उल्लेख गर्नुभयो । कार्यक्रममा उहाँले २३ खेलका सम्बन्धित खेल सङ्घका पदाधिकारीलाई खेल सामग्रीसमेत हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी खेलाडीका तर्फबाट एथलेटिक्सकी खेलाडी सन्तोषी श्रेष्ठले बन्द प्रशिक्षणले सबै खेलाडीको उत्साह बढेको बताउनुभयो । प्रशिक्षको तर्फबाट भने भारोत्तोलनखेलका प्रशिक्षक राम पौडेलले बन्द प्रशिक्षणले खेलाडी र प्रशिक्षकमा ऊर्जा थपिएको उल्लेख गर्नुभयो ।

पहिलो चरणको प्रशिक्षण यही जेठ २४ गतेदेखि आगामी असार २३ गतेसम्म चल्नेछ । तेईस खेलबाट २३० पुरुष र २८४ महिला गरी ५१४ जना खेलाडी बन्द प्रशिक्षणमा रहनेछन् । नेपालबाट तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्याण्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन खेलले सहभागिता जनाउनेछ ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope