अब त अति भो 


१७ वर्षको उमेरमा बलात्कृत भएर सन्तान जन्माएकी कुमारी आमा निहारिका राजपूत काखमा २१ महिनाको दुधे बालक लिएर बच्चाको पिता भनिएको व्यक्ति र बच्चाको डिएनए परीक्षणको माग गर्दै सडकमा आमरण अनशन बसेको पनि आज ३ दिन भैसकेको छ । निहारिका र नाबालकलाई न्याय दिन नेपाल सरकार सकिरहेको छैन ।

निहारिकाले राखेका मागहरू

नमस्कार, म कुमारी आमा निहारिका राजपूत । म १७ वर्षकी नाबालिग हुँदाखेरि मलाई जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरे । यसपछि मेरो कोखमा गर्भ पनि रह्यो । जुन बच्चा अहिले २१ महिनाको भइसकेको छ ।

म बलात्कृत भएपछि न्यायका लागि कहाँ कहाँसम्म पुगिनँ होला । जहाँ जहाँ पुगे पनि मलाई नै गलत देखाइयो । प्रहरी प्रशासनले अनुसन्धानको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाएर लगिदियो । जब म न्यायको लडाइँमा होमिएँ, मैले न्यायालय, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोगबाट मात्रै असहयोग पाइनँ । म मेरै घर परिवारबाट तिरस्कृत हुनु¥यो । जसको परिणति आजका दिनमा साढे दुई वर्षदेखि काठमाडौँमा कोठा भाडा तिरेर बसिरहेकी छु ।

म न्यायको लडाइँमा हुँदा ज्यान मार्ने धम्कीदेखि आर्थिक प्रलोभपन पनि दिए । तर, म आफ्नो लडाइँमा अडिग थिएँ । जसका लागि राष्ट्रिय महिला आयोगको ढोका ढकढकाउन पनि पुगेँ । तर, कुनै सहयोग पाइनँ । उल्टै मलाई कमजोर बनाउने व्यवहार पाएँ ।

परिवार, समाजबाट तिरस्कृत हुँदाहुँदै पनि मैले हिम्मत हारेकी थिइनँ । मलाई विश्वास थियो, अन्तिममा न्यायालयबाट मैले न्याय पाउनेछु । तर, अन्त्यमा राजनीतिक शक्ति र आर्थिक चलखेलका कारण न्यायालय अपराधीको पक्षमा उभियो । धनुषा जिल्ला अदालतले २०७८ माघ २४ गते अपराधीको पक्षमा फैसला गरिदियो । अपराधीको पक्षमा आएको फैसला मेरो काखमा रहेको बच्चा र मैले रुँदै सुन्नुको बाहेक अर्को विकल्प थिएन ।

जिल्ला अदालतको फैसला उपर मैले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेँ । गत फागुन १२ गते दर्ता भएको मुद्दामा अहिलेसम्म पेशी तोकिएको छैन । मेरो मुद्दालाई अदालतले लिंगरिङ मात्रै गरिरहेको छ । मेरो कुनै जागिर छैन । आफू र बच्चा बाँच्नु छ । अनि मैले अदालतको फैसला कुरेर कतिन्जेल बस्ने ?

मलाई न्यायालयको फैसलाप्रति फिटिक्कै विश्वास छैन । न्यायालयले पीडितको पक्षमा फैसला गर्छ भन्ने विश्वास नै ममाथि उडेको छ । अहिले दिमागमा मर्ने सोच मात्रै आइरहन्छ । तर, यो लडाइँ म एक्ली निहारिका राजपूतको मात्रै होइन, हजारौँ निहारिकाहरूको हो भन्ने भएपछि म आमरण अनसनमा बस्ने निर्णयमा पुगेकी छु । म मर्न तयार छु, तर मेरो मृत्युले हजारौँ निहारिकाहरूको जीवन बचाउनेछ भन्ने विश्वास छ ।
मेरो आमरण अनसनको उद्देश्य मैले न्याय पाउनुपर्‍यो। मजस्ता हजारौँ निहारिकाहरूले न्याय पाउनुपर्‍यो । मेरा मागहरू मैले बुँदागत रूपमा पेस गरेकी छु ।

१, मेरो बच्चाको डिएनए (म्ल्ब्) टेस्ट गरिनुपर्‍यो। काखमा बच्चा बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरुले मेरो काखको बच्चा किन देखेनन् ? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो ? यसको निष्पक्ष छानबिन हुनुपर्‍यो ।

२, उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायालयले मेरो मृत्यु चाहेको हो ? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्‍यो ।

३, मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुपर्‍यो ।

४, घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ । यस मुद्दालाई पुनः सुरुवातदेखि नै अनुसन्धान गरिनुपर्‍यो । हिजो मेरो फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरू, काखको बच्चालाई मतलबै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिनु¥यो । उनीहरूमाथि पनि छानबिन हुनुपर्‍यो।

५, मेरो २१ महिने बच्चाको लालन पालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरू राज्यले सुनिश्चित गरिदिनुपर्‍यो।
जबसम्म मेरा यी मागहरू पूरा हुँदैनन्, जबसम्म मलाई न्यायको प्रत्याभूति हुँदैन । त्यतिन्जेलसम्म म मेरो अनसन तोड्ने छैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope