नेप्से परिसूचकको पहिरो जारी


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अङ्कले ओरालो लागेर एक हजार ९७१.३८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ अङ्कले ओरालो लागेर ३८१.१४ मा ओर्लेको छ ।

कूल २२० कम्पनीको २३ लाख ५५ हजार एक कित्ता शेयर रु ७३ करोड ६३ लाख १२ हजार १५८ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब १० अर्ब ६९ करोड ६१ लाख ८० हजार बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये शुक्रबार सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर ०.०१ अङ्कले उकालो लाग्यो । त्यस्तै, बैंकिङ ५.०८, व्यापार ९.४२, होटल तथा पर्यटन १५.९, विकास बैंक १४.२१, जलविद्युत् १८.६९, वित्त ८.३८, निर्जीवन बीमा १८.५८, उत्पादन ८.११, अन्य ८.२, लघुवित्त १.८१, जीवन बीमा २.९४ र लगानी ०.३७ अङ्कले उकालो लाग्यो ।

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड १४ लाख ७० हजार ८७९ बराबरको कारोबार भयो । त्यस्तै, सेञ्चुरी बैंक रु छ करोड ४७ लाख ९४ हजार १०८, एनसीसी बैंक रु चार करोड नौ लाख २३ हजार, कुमारी बैंक रु दुई करोड ८६ लाख २९ हजार २४९ र लक्ष्मी बैंक रु दुई करोड २६ लाख ३७ हजार १६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिवाइसी नेपाल लघुवित्त ४.०२, लुम्बिनी जनरल इन्स्योरेन्स ३.४६, सानिमा लाइफ इन्स्योरेन्स ३.०६ र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले २.५६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, रिभर फल्स पावर लिमिटेड ५.९३, बुद्धभूमि नेपाल हाइड्रोपावर ४.६४, सिङ्गटी हाइड्रोपावर ४.३४, गणपति लघुवित्त ३.८९ र माउण्टेन हाइड्रो पावरका लगानीकर्ताले ३.८७ प्रतिशतले गुमाएका छन् ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope