बिर्तामोडको पाँच वर्षे आवधिक योजना निर्माण


झापाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ ।

स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिध आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वनजङ्गल, पर्यटन, व्यापार–व्यवसायलगायतका विविध पक्षलाई समेटेर पाँच वर्षे आवधिक योजना निर्माण गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईंले जानकारी दिनुभयो ।

‘उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा, कृषि, र रोजगारको अभिवृद्धि ः बिर्तामोड नगरको, विकास र सुशासनसहितको समृद्धि’ नारासहित नगरपालिकाको आगामी कार्ययोजना बनाइएको हो । नगरपालिकाले स्वास्थ्यतर्फ चिकित्साशास्त्र अध्ययन गर्न मेडिकल कलेजको स्थापनाका लागि उपयुक्त वातावरण तयार गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, क्यान्सर, मिर्गौला, आँखा, स्पाइनलकर्ड इन्जुरी, ब्रेन, ग्यास्ट्रोजस्ता सेवा उपलब्ध भएका अस्पताल स्थापना गर्न प्रोत्साहित गर्ने, ज्येष्ठ तथा अपाङ्ग नागरिकका लागि नियमितरुपमा स्वास्थ्य परीक्षण तथा उपचारको लागि घरदैलो सेवा सञ्चालन गर्ने र सोका लागि विशेषज्ञ चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना बनाएको छ ।

यस्तै, आर्थिकरुपमा पछाडि परेका समुदायमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने र बहुक्षेत्रीय पोषणको आवधारणालाई सबै नागरिकसँग आबद्ध गराई स्वास्थ्य समाज निर्माण गर्ने योजना बनाएको छ ।

त्यस्तै, पाँच वर्षभित्र शिक्षातर्फ ९० प्रतिशतभन्दा बढी नगरवासी उच्च शिक्षा हासिल गरेको हुने, माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क हुने, प्राविधिक शिक्षा स्नातकोत्तर तहसम्मको उपलब्ध भएको हुने, सबै बालबालिकाले आधारभूत माध्यमिक विद्यालय गएका हुने लक्ष्य निर्धारण गरेको छ ।

त्यसैगरी, ८० प्रतिशत नगरबासीले पाइपलाइनबाट तथा बाँकी नागरिकले ट्युबेल प्रयोग गरी आधारभूत तहको स्वच्छ तथा सफा खानेपानीसेवा उपलब्ध गराउने, कृषि क्षेत्रलाई उन्नत बनाउन मल, बिउ र प्रविधिसहित विकास गर्दै उत्पादन वृद्धि गर्दै लैजानुका साथै माछा, मासु, अण्डा र तरकारीमा आत्मनिर्भर बनाउने नगरको योजना छ ।

पाँच वर्षभित्र सडकको स्तरोन्नति गर्दै युटिलिटी कोरिडरसहितको सडक निर्माण, नयाँ निर्माण हुने सडकमा ड्रेन युटिलिटी करिडोरसहित चौबाटोमा ट्राफिक लाइट, आकासे पुल, जमिनमुनीमा सब–वे निर्माण गर्ने र १२५ किलोमिटर सडक कालोपत्रे तथा पेवर्स लगाउने लक्ष्य छ ।

त्यस्तै, तीन वटा झोलुङ्गे पुल र ४० वटा थप कल्भर्ट पुल निर्माण गर्ने, सबै घरमा विद्युत् सेवा पु¥याउने, सतह नालासहितको सहरी विकास गुरुयोजना निर्माण गर्ने, नगरपालिकाको नाममा रहेको बुधबारे बजारमा बहुतले पार्किङसहितको सुविधा सम्पन्न भवन निर्माण गर्नेलगायतका महत्वकांक्षी योजना नगरपालिकाले अघि सारेको छ ।

यस्तै, औद्योगिक विकासका लागि बिर्तामोड–२ को गोकुल जोशी मार्ग दक्षिण भागलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्दै लैजाने, नयाँ उद्योग स्थापना सञ्चालनमा उपयुक्त कानुनी संरचना निर्माण गर्ने, औद्योगिक प्रदूषण न्यून गर्न लगाई वातावरणमैत्री बनाउने नगरको आगामी योजना रहेको नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले बताउनुभयो ।

नगरको पर्यटन प्रवद्र्धनका लागि विराटपोखर वडा नं ३, हरियाली सामुदायिक वन वडा नं ६, राम चोक सामुदायिक वन वडा नं २, बाह्रदशी पोखरी वडा नं २, सदु पोखरी, मधु पोखरी र तेलकानी पोखरी वडा नं १० लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लगिने भएको छ । नगर क्षेत्रमा रहेका शक्तिपीठलाई धार्मिक, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नगरको योजना छ ।

यस्तै, नगरपालिकाले नगर गौरवका आयोजनाका रुपमा २५ बेडसहितको प्रविधियुक्त नगर अस्पताल निर्माण गर्ने, बिर्तामोड वडा नं ६ बुट्टाबारीबाट वडा नं ७ को प्याकुरेल चोक जोड्ने (६.५ किमी) स्मार्ट रोड निर्माण गर्ने, बुधबारे बजारस्थलमा अत्याधुनिक सपिङ कम्प्लेस निर्माण गर्ने, पाँच हजार दर्शक क्षमता भएको डोमालाल राजवंशी रङ्गशाला निर्माण गर्ने, नगरका सबै वडा तथा टोलमा पाइपलाइनबाट स्वच्छ सफा खानेपानी विस्तार गर्ने, नगर क्षेत्रभित्रको सबै खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने, अदुवा खोलाको किनारमा रिभर कोरिडर निर्माण गर्ने, डिजिटल सेवा प्रवाहको लागि स्मार्ट नगर सेवा केन्द्र भवन निर्माण गर्ने, बिर्ताबजारमा बहुउद्देश्यीय कृषि तथा सामुदायिक भवन निर्माण गर्ने र सबै वडालाई छुने गरी नगर चक्रपथ निर्माण गर्ने योजना रहेको छ । —


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope