सर्लाही जिसस प्रमुखमा कौशलकिशोर


जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर सिंह र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जीतेन्द्र महतो निर्विरोध निर्वाचित हुनुभएको छ ।

उम्मेदवारको मनोनयनपत्र दर्ताको लागि छुट्याइएको समयभित्र कांग्रेस–माओवादी गठबन्धनबाट प्रमुखमा कांग्रेसका सिंहको तथा उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार महतोको मात्रै उम्मेदवारी परेपछि दुवैजना निर्विरोध निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिनुभयो ।

सदस्यमा कांग्रेसबाट हरिपुर नगरपालिका–५, का अलाउदिन मियाँ, हरिपूर्वा नगरपालिका–५, की रामशिलाकुमारी यादव, चक्रट्टा गाउँपालिका–४, की रेखादेवी साह, लालबन्दी नगरपालिका–१७, का रामबहादुर बोम्जन, ईश्वरपुर नगरपालिका–१५, की पासवतीदेवी थरुनी र गोडैता नगरपालिका–६, की सोनावती देवी चयन हुनुभएको छ । त्यसैगरी, माओवादी केन्द्रबाट लालबन्दी नगरपालिका–१५, का हेम कार्की सदस्यमा चयन हुनुभएको छ ।

पाल्पा जिसस प्रमुखमा एमाले

जिल्ला समन्वय समिति पाल्पाको प्रमुख, उपप्रमुखसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ । जिसस प्रमुखमा टङ्कनाथ खनाल निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा काशिका गैरे निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यमा वसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशवराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित हुनुभएको छ ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope