‘नियमित योगले राष्ट्रसेवक कर्मचारीमा ऊर्जा प्रदान गर्ने’


गृहमन्त्री खाणले नियमित योग तथा प्रणायामले मुलुकको शान्ति र सुव्यवस्थामा परिचालित हुने राष्ट्रसेवक कर्मचारीलाई पनि ऊर्जा प्रदान गर्ने बताउनुभएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले हल्चोकस्थित रङ्गशालामा आयोजना गरेको कार्यक्रममा उहाँले नियमित योगाभ्यासले स्फूर्ति प्रदान गर्ने हुँदा यसको अभ्यास गर्ने सुरक्षाकर्मीमा शान्ति र सुव्यवस्था कायम गर्न मनोबल वृद्धि हुने उल्लेख गर्नुभएको हो ।

विज्ञान र प्रविधिको विकासको गतिसँगै मानिसको जीवन झन व्यस्त हुँदै गइरहेकाले जीवनयापनमा सहजता ल्याउन योगले मद्दत पु¥याउने बताउँदै गृहमन्त्री खाणले योग र व्यायामले स्वस्थ मन र स्वस्थ शरीर बनाइराख्न मद्दत गर्ने धारणा व्यक्त गर्नुभयो ।‘मानवीयताका लागि योग’ भन्ने मूल नाराका साथ विश्वभर आज मनाइएको आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आर्ट अफ लिभिङको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम, सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रीय अध्यक्ष अनिता अर्याललगायतको सहभागिता थियो ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope