‘कृषिलाई आधुनिक र व्यावसायिक बनाउन सरकार क्रियाशील’


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक र व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले गण्डकी प्रदेश र समग्र मुलुकको जीविकाको मुख्य आधार कृषि नै रहेको उल्लेख गर्दै जग्गा चक्लाबन्दीका आधारमा व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको बताउनुभयो । “कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसर सिर्जना, खाद्य सुरक्षा र नागरिकको स्वास्थ्यको प्रत्याभूति गर्ने नीति प्रदेश सरकारको छ”, सन्देशमा उल्लेख छ ।

यस वर्ष ‘धान रोपौँ, खाद्यान्नमा आत्मनिर्भर बनौँ’ नाराका साथ धान दिवस मनाइँदै छ । नेपालमा २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो । असार १५ नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेशा तथा व्यवसायमा लागेका नेपालीले पनि आज दही, चिउरा खाई असार १५ मनाउँछन् ।

धान दिवसका अवसरमा मुख्यमन्त्री पोखरेलले सम्पूर्ण नेपाली नागरिक तथा कृषक दाजुभाइ, दिदीबहिनीमा सुख, समृद्धि, उन्नति र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै “असार १५ लाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्ना गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्ने अभियानमा हातेमालो गर्न अनुरोध गर्नुभएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope