बागमती प्रदेशको बजेट बहुमतले पारित

प्रदेश सञ्चालनका लागि बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रदेशसभाबाट आज बहुमतले पारित भएको छ । विगत जस्तै असार १ गते प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बागमती प्रदेशसभाको आज बसेको बैठकबाट बहुमतले पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बागमती प्रदेश सकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकटेलले पेश गर्नुभएको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मतबाट तथा बजेट विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको हो । बैठकमा बजेटको पक्षमा सतापक्ष गठबन्धनका सांसदहरु उभिएका थिए । प्रदेशसभामा रहेका १०७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ५९ सदस्य रहेका छन् । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएको थियो । प्रदेश सरकारले आज पारित गरेको बजेट चालु आर्थिक वर्षकोभन्दा रु १३ अर्बले बढी छ ।
–––
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस