एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल


नेकपा (एमाले) ले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी विरोधी गतिविधि गर्ने आफ्ना नेता कार्यकर्तामाथि छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

समितिको सदस्यमा पार्टीका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी र निर्वाचन विभाग प्रमुख विष्णु रिमाल रहनुभएको छ । एमालेको आज भएको सचिवालयको बैठकले सो निर्णय गरेको पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । स्थानीय निर्वाचनका क्रममा पार्टीका उम्मेदवार हराउन भूमिका खेल्ने नेता कार्यकर्ता विरुद्ध पार्टीमा उजुरी परेको थियो ।

बैठकले स्थानीय निर्वाचनको विस्तृत समीक्षा, विद्यमान शक्ति सन्तुलनको विश्लेषण गर्ने, आफ्नो सरकारका राम्रा कामका प्रचार र वर्तमान सरकारले जनतालाई असर पार्ने निर्णयकको भण्डाफोर गर्ने निर्णय पनि भएको उपमहासचिव गुरुङले बताउनुभयो । बैठकले विभिन्न केन्द्रीय विभागका सचिवमा मनोनयन र केही नयाँ विभागसमेत गठन गरेको छ ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope